मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जाली फटाहा बढेको र इमान्दार पिल्सिनु परेको छ -माधव नेपाल

Thearaniko Times 1401+ समाचार ( )
२६ जेठ २०८०, शुक्रबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट पेशागत संगठन संगठन समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन राजधानीमा आजबाट सुरू भएको छ । अर्पण बैंक्वेट बानेश्वरमा जारी अधिवेशनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पूँजीवादी बढेको र इमान्दार पिल्सिरहनुपर्ने अवस्था आएकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । नेपालले संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध कलम चलाउन अनुरोध गर्दै उनले कुनै आग्रह पूर्वाग्रह नराखी संविधानको रक्षा गर्ने गरी काम गर्न पत्रकारहरुलाई निर्देशन दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा, मोर्चा संगठन प्रमुख डा.विजय पौडेल, नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोख्रेल लगायतका वक्ताहरुले पत्रकारहरुको समस्या र चुनौतीका बारे आफ्ना विचार राख्नुभयो।

कार्यक्रममा समाजवादी प्रेस संगठनको संस्थापक सदस्य तथा अग्रजहरुलाई सम्मान गरेका थिए।काभ्रेबाट ध्रुवकुमार रायमाझी सम्मानित भएका थिए।

बन्दसत्रमा महासचिव भूपराज खड्काले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष कृष्णराज गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको र हलले सर्वसम्मत पारित गरेको थियो। 

यस महाधिवेशनमा देशभरीका ६५ जिल्लाका ४ सय बढी प्रतिनिधिको सहभागिता रहेको संगठनका अध्यक्ष शम्भु श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार