मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह

Thearaniko Times 1399+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

बनेपा/बनेपा नगरपालिका -६ का वडाध्यक्ष सचितानन्द केसीले शिक्षाको गुणस्तरमा ध्यान दिएर दक्ष जनशक्ति उत्पादनमा विद्यालय र व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनुभएको छ।

बनेपा नगरपालिका -६, बुडोलमा रहेको भक्तेश्वर माध्यमिक विद्यालयको नवनिर्मित भवनको भवन निर्माण सुधार अन्तर्गत तला बिस्तार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शुक्रवार वडाध्यक्ष के.सी.ले सो कुरा बताउनुभएको हो 

वडाध्यक्ष तथा विव्यसका अध्यक्ष के.सी.ले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । उहाँले नगरकै राम्रो विद्यालयका रुपमा शैक्षिक क्षेत्रमा चिनिएकोले यसलाई नेपालकै नमूना विद्यालय बनाउन सकिने गरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नगरको ४० प्रतिशत र जिल्ला समन्वय समिति काभ्रेको ६० प्रतिशत गरी करीव ३३ लाखमा पक्की भवनको तला थपको कार्य आज शुरुवात् गर्नुहुँदै वडाध्यक्ष केसीले शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । 

कार्यक्रममा पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईं, वडासदस्य तथा पुर्व विव्यस अध्यक्ष विष्णुनारायण श्रेष्ठ, नेकपा एमाले वडा कमिटि अध्यक्ष राजेन्द्र थापा, प्रअ दामोदर गौतम लगायतका वक्ताहरुले वडाध्यक्ष केसीको प्रशंसा गर्दै विद्यालयको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। उहाँहरूले गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताएका थिए। भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु मानन्धरले कार्यक्रमको अध्यक्षता गरेका थिए भने सञ्चालन दिपनारायण पराजुलीले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार