मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

माओवादी केन्द्र मध्यपुर ठिमीको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन
माओवादी केन्द्र मध्यपुर ठिमीको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

Thearaniko Times 1401+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

भक्तपुर/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले दोस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। बिहिबार आयोजित अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा भक्तपुर इन्चार्ज दिलिप कुमार प्रजापति 'भिष्म'को प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको हो।

‎अधिवेशनलाई सम्बोधन गर्दै नेता दिलिप कुमार प्रजापति 'भिष्म' ले सरकारमा रहेका दलहरूले सत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाए। उनले ओली सरकारको कार्यशैलीले आर्थिक अपचलनमा संलग्नहरूलाई अनुगमन र छानबिन नगरी उन्मुक्ति दिने गरेको गम्भीर टिप्पणी गरे।

‎उनले भने, “विपक्षी दललाई दबाएर सत्तापक्षले जानाजानी अन्याय गरिरहेको छ। यस्तो परिस्थितिमा सुशासन कायम गर्न जनताको चनाखोपन जरुरी छ।” उनले नेपालमा प्रतिशोधको राजनीति मौलाएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, समाजवाद उन्मुख व्यवस्थालाई जनमुखी बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

‎बागमति प्रदेशका सदस्य देवेन्द्र श्रेष्ठले स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टी कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए। श्रेष्ठले माओवादी आन्दोलनका शहीदहरूको बलिदानलाई स्मरण गर्दै भने,

‎“शहीदहरूको सपना पूरा गर्न, पार्टीलाई सुदृढ बनाउन र समाजवाद स्थापना गर्न माओवादी केन्द्रले अब झनै जिम्मेवारी पूर्वक काम गर्नुपर्छ जिम्मेवारी थपिएको छ।”

अर्का केन्द्रीय सदस्य एवं बागमती प्रदेश स्कूलिङ विभाग सह इन्चार्ज डीपी ढकालले पार्टी संसदीय अभ्यासमा रहेकोले चुनाव जित्नु नै मुख्य कुरा भएको भन्दै जनताको सेवा गर्ने शासन सत्ता स्थापनाको लागि माओवादी केन्द्र चुनाव केन्द्रीत हुनुको बिकल्प नभएको बताए ।‎माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकालले भ्रष्टाचारविरुद्ध सुशासन अभियान मार्फत पार्टीले आमजनताको विश्वास जित्न सफल भएको दाबी गर्दै भने,“सर्वहारा श्रमजीवी वर्गको पक्षमा नयाँ विचार बोकेको एक मात्र पार्टी माओवादी केन्द्र हो । ढकालले समाजवादी क्रान्तिको नयाँ दिशातिर लैजाने थप जिम्मेवारी आएको बताउँदै मुलुकमा समाजवाद स्थापना गर्ने ऐतिहासिक कार्यभारलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

बागमती प्रदेश सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले जनप्रतिनिधि र जनतालाई जोड्ने काम नेताकार्यकर्ताले गर्नुपर्ने उल्लेख गरेका थिए। सो अवसरमा केन्द्रीय सदस्य एवं मध्यपुर थिमि नगर इन्चार्ज प्रतिमा श्रेष्ठले नगरको सांगठनिक अवस्था बताइन् ।

‎वाइसीएल इन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले अरु दिन माओवादी चाहिने र भोट हाल्ने दिन चाहिँ बिर्सने जनतालाई कसरी पार्टी प्रति प्रतिवद्ध बनाउने भन्ने जिम्मेवारी स्थानीय नेता कार्यकर्ताको काधमा रहेको बताएका थिए ।

‎अधिवेशनबाट ५५ सदस्यीय नगर समिति गठन गरिएको छ। ने क पा (माओवादी केन्द्र) मध्यपुर नगर समितिको दोश्रो सम्मेलन बाट नगर अध्यक्ष  बिजय श्रेष्ठ,  उपाध्यक्ष बिकेश श्रेष्ठ, जगतमाया प्रजापती, नरेश रन्जित,  सचिव अधिवक्ता शिवसुन्दर श्रेष्ठ  सह-सचिव कृष्णमान प्रजापति, कोषाध्यक्ष रत्न केशरी प्रजापति सहित ५५ सदस्य निर्वाचित भएको ‎संविधान सभा सदस्य समेत रहेका निर्वाचन समितिका संयोजक सत्यलाल मूलले बताएका छन् ।

मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख समेत रहनुभएका ‎नवनिर्वाचित नगर अध्यक्ष बिजय श्रेष्ठले सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय जनताको समस्या समाधानका लागि टोलटोलमा सुशासन जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्दै भने, “आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा छ।”अधिवेशनमा नेताहरूले भ्रष्टाचारविरोधी अभियान, सुशासनको प्रत्याभूति र समाजवाद उन्मुख राजनीतिको आवश्यकतामा जोड दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार