काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको स्रोतले जनाएको छ।
शुक्रबार दिनभर चलेको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने विषयमा पनि सहमति बनेको हो। शीतलनिवाससम्बद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल अन्ततः पछि हटेका छन्।
आन्दोलनमा संलग्न युवाहरूले तत्काल शीतलनिवास घेराउ गर्ने चेतावनी दिएपछि राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेतासँग परामर्श गरी आफू प्रतिनिधिसभा विघटनको निर्णय लिन लागेको जानकारी दिएका थिए। त्यसपछिप्रधानमन्त्रीका रुपमा सुशीला कार्कीलाई आजै शपथ गराउने तयारी गरिएको छ।