मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


सामुदायिकको २९ औं साधरणसभा सम्पन्न, १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित

Thearaniko Times 1373+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

पनौती/पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

आज सहकारीको मुख्यालय पनौती नगरपालिका वडा नम्बर ४ मा नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि एवं पनौतीका मेयर रामशरणा भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ बार्षिक साधारण सभा उदरघाटन गर्नुहुँदै सञ्चालक समितिमा जनप्रतिनिधि र शिक्षक राख्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । पनौती नगरपालिकाका प्रमुख भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्ट संस्थाको रुपमा रहेको उल्लेख गर्दै संस्था एकीकरणको अभियानलाई महत्वपूर्ण रुपमा अगाडि लगेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सामुदायिक नेपालकै सहकारी अभियानमा अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न सफल सहकारीको रुपमा स्थापित हुन सक्नुपर्ने कुरामा जोड दिनुभयो । नगरप्रमुख भण्डारीले सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिँदै सदस्यको जिविकोपार्जन र आर्थिक स्तर वृद्धिका लागि योजनावद्ध रुपमा कार्य गर्दै सदस्यलाई व्यवसायिकतामा जोड दिई नमूना सहकारीको रुपमा स्थापित गर्न संस्था सफल रहन्छ भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशव दंगालले साधारण सभाको सफलताको कामना गर्दैै दिगो र सुरक्षित संस्थाको रुपमा रही एकीकरण अभियान मार्फत सहकारी अभियानलाई अगाडि बढाई रहेको संस्थाले सुशासनमा पनि अब्बलता कायम राख्दै आएकोमा खुसी व्यक्त गरे ।

अर्का विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले सहकारीहरुले सदस्य, समुदाय, राष्ट्रकै आर्थिक उन्नतीमा गरेको योगदानको उल्लेख गर्दै सामुदायिक अभियानकै उत्कृष्ट संस्थाको रुपमा रही महत्वपूर्ण भूमिका निभाउन सफल रहेको विचार व्यक्त गरे । जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटाले सहकारी अभियानमा एकीकरण अभियान मार्फत नेपालकै सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना सहित सवल र सुरक्षित संस्थाको रुपमा स्थापित यस संस्थाले अभियानमा अझै योगदान रहोस कामना गरे

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एकीकरण अभियानमा उत्कृष्ट मात्र नभई देशकै ठूलो संस्थाहरुको स्थानमा स्थापित हुँदै गर्दा यसबाट आएका चुनौतीहरुको विषयमा समेत समीक्षा गर्नुपर्ने बताए । आन्तरिक सवलतालाई पनि प्राथमिकताको रुपमा राखी सवलताका साथ दिगो संस्थाको रुपमा स्थापित हुन सफल रहोस भन्दैे संस्था एकीकरण पश्चात नेफ्स्कुनका सदस्य संस्थाहरु मध्ये वासलात अंकको हिसाबले तेस्रो स्थानमा र सदस्य संख्याको हिसाबमा चौंथो स्थानमा पुग्न सफल रहेको उनले जानकारी दिए । 

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले शेयर सदस्यहरुको विश्वासलाई जित्न सफल, उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेको उल्लेख गर्दै सदस्यले सबै प्रकारका सेवा एकै स्थानबाट प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सामुदायिक सहकारी संस्था एकीकरणको सम्झौता भई अगाडि बढि सकेको जानकारी गराए ।

संस्थाका उपाध्यक्ष कुमारप्रसाद लामिछानेले संस्थाको इतिहासको बारेमा जानकारी गराउँदै हाल १० वटा संस्था एकीकरण भई बनेको यस संस्थाले काभ्रेपलाञ्चोक लगायत काठमाण्डौ उपत्यका सहित ४ जिल्ला कार्य क्षेत्र विस्तार गरी सदस्यहरुलाई प्रत्यक्ष रुपमा सुरक्षित, दिगो र भरपर्दाे सहकारी वित्तीय सेवा उपलब्ध गराएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन संस्था सफल भएको भन्दै संस्थाको विकास विस्तार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएको उनको भनाई थियो ।

संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले सहकारी एकीकरण आजको आवश्यकता र अभियानको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै संस्थाले यस अभियानको सम्मान गर्दै अनुशासित रुपमा अभियानलाई अगाडि बढाउँदै संस्थालाई सधैं उत्कृष्टता कायम राख्न सक्नुपर्ने तर्क गरे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भिमबहादुर के.सी.ले सहकारी संस्थाहरुका सदस्यले संस्थाप्रतिको चासोलाई कमि गर्न नहुने विचार व्यक्त गर्दै अपनत्वका साथ समुदायको हितका कार्यमा सुझाव र सल्लाह प्रदान गर्न आग्रह गरे । पनौती न.पा. वडा नं. ४, का वडाध्यक्ष श्री दिपक दाहाल सहकारीकर्मी रामहरी दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेका थिए ।


कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाका विकास र विस्तारमा योगदान भएकोमा कदर स्वरुप सम्मान गरिएको थियो भने काभ्रेपलाञ्चोक जिल्लाका शानका रुपमा नेपालमा आयोजित मेरो भ्वाइस यूनिभर्समा सहभागी भई सेकेण्ड रनर अपको रुपमा सफलता प्राप्त गर्नु भएका संस्थाका शेयर सदस्य शरद हुमागाईंलाई उज्वल भविष्यको कामना सहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले नीति, विधि र प्रविधिको अधिकतम सदुपयोग गर्दै सुशासनको पूर्ण पालनामा प्रतिवद्ध रहेको, सुशासनको अभियानमा सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरे । संस्थाले १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने, संरक्षित पँुजि फिर्ता कोष वितरण गर्ने, बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि।, पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था लि।, बनेपा स्थित ओम जगतगुरु शंकर बचत तथा ऋण सहकारी संस्था लि। र धुलिखेलको विश्वरुपा बचत तथा ऋण सहकारी संस्था लि।सँग एकीकरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै २९ औं वार्षिक साधारण सभाको समापन भएको छ ।

संभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाको आ।व। ०७९।०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार