मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

छाडा कुकुर व्यवस्थापनमा स्थानीय सरकार मौन

Thearaniko Times 1373+ समाचार ( )
१ वैशाख २०८०, शुक्रबार

 गणेश आचार्य 

पनौती/केहीदिन अघि पनौती न. पा. -२ का स्थानीय  बासिन्दा  दिपक  आचार्यको ३ वटा  बाख्रा  कुकुरले  टोकेर मारिदियो।  यसै साता बुधबार पनि  पनौती -२, कुशादेवीमा गोपाल  हुमागाईंलाई  पनौती  मानेश्वरीमा   कुकुरले  टोकेर घाइते बनाइदियो। खोपासीमा  उपचार  पश्चात् रगताम्य खुट्टा लिएर उनी घर फर्किए।

 जनजीवनको  गम्भिर सवालमा आम सर्वसाधारणले यस्ता किसिमको घटनाबाट  सुरक्षाको अनुभूति कहिले गर्ने? छाडा कुकुरको आतंकले  साँझ बिहान बाटोघाटो खेतवारीमा हिड्डुल गर्न स-साना नानीबाबुलाई बिद्यालय जान आउनुपर्ने  समयमा  केही  होलाकी भन्ने डरै डरले निक्कै गाह्रो भैरहेको छ। पटक  पटक यस्ता  किसिमका घटनाको  जानकारी गराउँदा  समेत  छाडा पशु नियन्त्रणमा  स्थानीय  निकाय मौन छ।

कुकुर  आतंकले पिरोलिएका र पीडित बनेका केही युवाहरुले अन्य समस्याहरु सहित छाडा चौपायहरु र  कुकुर व्यवस्थापनमा  नगरपालिका र वडाहरुलाई  ध्यानाकर्षण गराउँदै गुनासो, सुझाव तथा दबाब सहितको  २०७९ फागुन १४ नगरपालिमा १२ बुँदे ज्ञापन  पत्र बुझाएका  थिए। "तर  त्यसको कुनैपनि सुनुवाइ  भएको  पाइएको छैन  सर्वसाधारणहरु    कुकुरको  टोकाइबाट घाइते बन्ने  क्रम  निरन्तर  छन्।पनौतीमा कुकुर आतंक लगातार भैरहेको छ, नियन्त्रण प्रयास शून्य  छ ।  कति भन्ने  कस्ले  सुन्ने ?जनजीवनको  यो  गम्भीर सवालमा कसैको ध्यानै  जादैन" -स्थानीय  युवा  रामकृष्ण  आचार्यले  बताए। छाडा  कुकुरको  आतंक  र  यसको  व्यवस्थापनको लागि  ५/६ वर्षदेखि  निरन्तर  सामाजिक सन्जालका  साथै संबन्धित निकायहरुमा  सर्वसाधारण  सुरक्षाको लागि  निरन्तर  आवाज  उठाइरहेका   आचार्यले     पनौती  नगरपालिकाको  नगर  सभामा  उनले  तयार पारेको  "सार्वजनिक चौपाया नियन्त्रण सम्बन्धि कार्यविधि " समेत  प्रस्तुत भएको  थियो। तत्पश्चात् पनि  नगरपालिकाले छाडा  कुकुर  व्यवस्थापनमा   बेवास्ता गरिदिंदा सर्वसाधारणहरु  असुरक्षित  महशुस गरिरहेका  छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार