मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/स्वास्थ्य
खानीखोला–३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा स्वास्थ्य शिविर आयोजना

Thearaniko Times 1401+ समाचार ( )
२३ पौष २०८२, बुधवार
खानिखोला/खानीखोला गाउँपालिका–३ नम्बर वडा जुरेमा दोस्रो पटक नि:शुल्क आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बनेपास्थित रेयुकाई ईको मासुनाग आँखा अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै स्थानीय नागरिकहरूलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो।

शिविरमा ७२ जना स्थानीय बासिन्दाले आँखा जाँच गराएका थिए। परीक्षणका क्रममा २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट) देखिएको वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष पनि सोही वडाका २६ जना नागरिकको मोतीबिन्दु शल्यक्रिया रेयुकाई ईको मासुनाग आँखा अस्पतालमा निःशुल्क रूपमा सफलतापूर्वक सम्पन्न गरिएको थियो।
कार्यक्रममा खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा तथा वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

शिविरबाट लाभान्वित स्थानीयवासीहरूले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तहको समन्वय र पहलमा हुने यस्ता स्वास्थ्य शिविरहरूले ग्रामीण समुदायको स्वास्थ्यस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार