मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण

Thearaniko Times 1373+ समाचार ( )
१९ जेठ २०७९, बिहीबार

काठमाडौं,जेठ १९/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण सुरु गरेको छ  । माओवादी केन्द्रले स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

माओवादी केन्द्रका अनुसार कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष नेता एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिनेछन् । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी छन् । ‘

 स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधीले काम आरम्भ गर्ने बेलामै उसले अभिमुखीकरण तालिम राखेर पार्टीका जनप्रतिनिधीलाई जनमुखी बनाउने प्रयास गर्न खोजेको छ । २०७४ मा जस्तो पार्टीका स्थानीय तहका जनप्रतिनिधीलाई माओवादीले स्वस्फूर्त फुक्काफालका रुपमा काम गर्न नछोडने र पार्टीको निश्चित विधि र कार्यविधिमा कसेर काममा लगाउने योजना बनाएको छ ।

गतकालमा स्थानीय तहका प्रतिनिधीलाई पार्टीका तर्फबाट केन्द्रीय कमाण्ड गर्ने, कन्टोल गर्ने काम हुँदै भएन । हामीले स्वतस्फूर्त छोडिदिऔं । कतिपयले पार्टी स्पिरिट अनुसार काम गर्नुभयो । परिणाम राम्रो भयो । कतिपयले त्यसो गर्न सक्नुभएन । पार्टीको निर्देशन, सामुहिक विवकेको प्रयोग गर्ने कुरामा कमी भयो । स्थानीय तहमा विविधता देखा परयो । केही ठाँउमा राम्रो भयो, अलिक धेरै ठाँउमा नराम्रो भयो,’ प्रचण्डले अभिमुखीकरण कार्यक्रमको आवश्यकता औल्याउँदै भने,–‘स्थानीय तहका जनप्रतिनिधीलाई त्यसको दोषारोपण गर्नु सही हुदैन । पार्टीले त्यसमा कति सहयोग गरयो, निर्देशित गरयो भन्ने कुरा ठूलो हो । त्यसमा पार्टीको भूमिका असाध्यै कमजोर रह्यो । त्यसकारण शुरुमै हामीले इनिसेटिभ लिनुपर्छ । पार्टीको वैचारिक राजनीतिक योजना के हो रु जनप्रतिनिधीले काम गर्ने तरिका र प्रणाली के हो रु भन्ने बारेमा शुरुमा नै प्रशिक्षित गर्नुपर्छ भनेर केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सर्वसम्मत निर्णय गरेर अभिमुखकिरणको कार्यक्रम राखिएको हो ।’

निर्वाचितस्थानीय जनप्रतिनिधीले तुरुन्तै पालिकाको नीति तथा कार्यक्रम र बजेटमा काम गर्नुपर्ने अवस्था छ । त्यसमा सहयोग पुग्ने गरी विज्ञको तर्फबाट र पार्टीका तर्फबाट पनि गाइडलाइन गर्ने गरी माओवादीले अभिमुखीकरण तालिक राखेको प्रचण्डकै प्रष्टोक्ति थियो ।

०६४ मा माओवादीलाई जनताले भरोसा गरेर ठूलो दल बनाई दिएका थिए। तर जनताको अपेक्षा माओवादीबाट पूरा हुन सकेन । मााओवादीले जनताको अपेक्षालाई ठिक सम्बोधन गर्न सकेन । त्यसपछि फेरि जनताले पूरानै पार्टी रोज्न थाले । यसैमा माओवादी अध्यक्ष प्रचण्डको सवैभन्दा वढी चिन्ता देखिन थालेको छ । माओवादी पार्टीको पहिचानमै संकट आउन थालेको, जनताले अरु भन्दा झन माओवादी विग्रेको र पेटी वुर्जुवा भन्दा माओवादी जनताले फरक देख्न नसकेको विषय प्रचण्डले कार्यक्रममा कोट्याए ।यसको अर्थ उनले आफनो पार्टीका स्थानीय तहका जनप्रतिनिधीलाई पूर्णत अलग पहिचान बनाउन आग्रह थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार