मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय कलाकार असन्तुष्ट
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय कलाकार असन्तुष्ट

Thearaniko Times 1401+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको विरोधमा कलाकारहरुले पनि असन्तुष्टि जनाएका छन् । 

अभिनेता हरिवंश आचार्यले सरकारको निर्णयप्रति असन्तुष्ट हुँदै फेसबुकमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’ आचार्यले यसअघि महसंचारबाट बिजुलीबारेको विज्ञापन र सिरियल पनि बनाएका छन् ।

अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’ निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन् । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन ।’

अभिनेत्री स्वस्तिमा खड्काले पनि कुलमानको तस्वीर सेयर गरेर उनीप्रति समर्थन जनाएकी छन् । अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा कुलमान हटाइएको समाचार सेयर गर्दै विरोध गरेकी छिन् ।

कलाकार मनिषा कोइराला, नीता ढुंगाना, मनोज गजुरेल, रमेश उप्रेती, कृष्ण मल्ल, रकगायिका अभया सुब्बा, गायक शिव परियार लगायतले पनि कूलमानलाई हटाउने निर्णयप्रति विरोध जनाएका छन् ।

मनिषाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पोस्टसहितका घिसिङबारेका पोस्ट सेयर गरेकी छन् । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार