मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


धुलिखेल नगरपाालिकामा भएको अनियमितताबारे नेपाली काँंग्रेसका जनप्रतिधिले मुख खोले

Thearaniko Times 1373+ समाचार ( )
१ असार २०८०, शुक्रबार

धुलिखेल/नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले धुलिखेल नगरपाालिकामा भएको अनियमितताबारे बोलेका छन् । धुलिखेल नगरपलिकामा आब २०७९/०८० मा विभिन्न शिर्षकमा भएका खर्चहरु पारदर्शी नभएको भन्दै गत बैशाखसम्म विभिन्न शिर्षकमा भएका खर्चहरुको बारेमा निश्पक्ष छानविन हुनुपर्ने माग गर्दै उपप्रमुख सहित ६ जना वडा अध्यक्षले नगरका प्रमुख समक्ष मागपत्र पस्तुत गरेका छन् ।

धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, वडाध्यक्षहरु १ नं.का सन्तबहादुर तामाङ, ४ नं का उत्तम तिमल्सिना, ६ का संजय कोजु, ८ का विनोद गौतम, ९ का बद्रिप्रसाद हुमागाई र १० का गोविन्दप्रसाद उपाध्यायले नगरप्रमुख अशोककुमार व्याञ्जुलाई नगरमा भएका अनियमित खर्चहरुका बारेमा निश्पक्ष छानविनको माग गरेका हुन् । 

तर अहिले आएर नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख जंगम सहित वडाध्यक्षहरुले नगरपालिकामा बेथितिले सिमा नाघेको भन्दै पहिलो पटक मुख खोलेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न शिर्षकमा भएका खर्चको कुनै पारदर्शी नभएको भन्दै उनीहरुले गत बैशाखसम्म विभिन्न शिर्षकमा भएका खर्चहरुको बारेमा निष्पक्ष छानविन हुनुपर्ने गर्दै माग गर्दै नगरप्रमुख ब्याञ्जुलाई मागपत्र नै बुझाएपछि जनता छक्क परेका छन् ।  

उनीहरुले २०७९/८० मा भएका नगरका खर्चहरु अनियमित भएको आशंका भएकोले स्वतन्त्र नागरिक सहितको निश्पक्ष छानविन समितिको माग गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । त्यस्तै गाडी मर्मतको नाममा २५ लाख २५ हजार ३१९, सवारी साधन भाडा ३ लाख ४६ हजार, ५५५, कार्यालय प्रयोजनको लागि इन्धन ३२ लाख ५८ हजार ७७८, होटल तथा रिसोर्ट खर्च २७ लाख ६३ हजार ३०७ खर्च गरेकोले उक्त खर्च रकम उचित नभएको, धुलिखेल साना किसान सहकारी संस्थामार्फत दुग्ध उत्पादन किसानलाई दिने अनुदानमा कुन्सित मनसाय राखि हुँदै नभएको कृषकहरुको विवरण बनाई प्रदेशमा पेश गर्दा अनुदान रकम प्राप्त नभई बास्तविक किसान मर्कामा परेकोले झुट्टा विवरण पेश गरी किसानलाई मर्कामा पार्ने संस्थाको खारेजी तथा त्यस संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई यथासिघ्र कारवाहीको प्रकृया अगाडि बढाउनुपर्ने समेत माग गरेका छन् । साथै प्रत्येक महिना नगरवाट भएका हर हिसाव खर्चको विवरण कार्यपालिकामा प्रस्तुत गरी अनुमोदन हुनुपर्ने माग गरेको छ ।


उनीहरुले नगरपालिकाले एक आर्थिक वर्षमा कार्यालय प्रयोजनको लागि इन्धन ३२ लाख ५८ हजार ७ सय ७८ रुपैयाँ, होटल तथा रिसोर्ट खर्च २७ लाख ६३ हजार ३ सय ०७ रुपैयाँ, गाडी  मर्मतको नाममा २५ लाख २५ हजार ३ सय १९, सवारी साधन भाडा ३ लाख ४६ हजार, ५ सय ५५ रुपैयाँ खर्च गरेको प्रति आपत्ति जनाएका छन् । 

धुलिखेल नगरपालिकामा गत संसदीय निर्वाचनमा पार्टीको अध्यक्षको रुपमा प्रयोग भएको गाडीभाडा नगरवाट भुक्तानी भएको बताइएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जुले पार्टी अध्यक्षको रुपमा चुनावी प्रचार प्रसारमा हिड्नको लागि लिइएको गाडीको भाडा समेत नगरबाट भुक्तानी भएको समाचार श्रोतले दाबी गरेको छ ।

धुलिखेल होलिडे टुर्स एण्ड ट्राभल्सलाई ९७ हजार र १ लाख ६० हजार गरी २ लाख ५७ हजार, सिल्कवे होलिडेजलाई ८ हजार १ सय ९५ र गाडी भाडा तथा भाडा भनेर एस एस ट्रेडिङ एण्ड सप्लायर्सलाई ८१ हजार ३ सय ६० रुपैया भुक्तानी भएको छ ।

त्यस्तै नगरपालिकाको नाममा १० महिनाको अवधिमा धुलिखेलका धेरै होटलहरुमा २७ लाख भन्दा बढि रकम खाना खाजाको लागि भुक्तनी भएको छ । भुक्तनी भएका मध्ये पनि कुनै एकै दिनमा तथा कोहीलाई एउटै भौचारमा दुई पटक सम्म रकम भुक्तानी गरिएको छ ।

धुलिखेल लज प्रा.लि.लाई २ लाख २६ हजार २ सय २६, ट्वीइन्स किचेनलाई ४ लाख ७७ हजार १ सय, होटल सारथीमा दुई पटक गरेर १ लाख ७४ हजार ३ सय २, गाया होलिडेलाई १८ हजार ९ सय २७, अनुप रेष्टेरेन्टलाई ३ लाख ४६ हजार १ सय ७५, मेरीगोल्ड क्याफेलाई ९५ हजार ३ सय ८०, हेरिटेज होमलाई ३ लाख ७ सय ८२, श्रीकृष्ण भोजनालयलाई शिर्षक फरक, एउटै मिति तथा एउटै भौचर नम्बरमा ७३ हजार ३ सय ३२ र ६० हजार ५ सय ३४ रुपैया गरी १ लाख ३३ हजार ८ सय ६६, न्यू संजीवनी खाजा घरलाई १ लाख १० हजार ४ सय ५५, धुलिखेल बुटिक होटललाई १ लाख ८३ हजार ४ सय ३, साईनो रेष्टुरेन्ट एण्ड गेष्ट हाउसलाई ४२ हजार १ सय ८०, सारथी मार्टलाई तिरेको १ लाख ३३ हजार ६ सय ६२ र फुटकर समेत गरी २७ लाख भन्दा बढि होटल, खाना तथा खाजामा भुक्तानी भएको छ ।

एमालेबाट २०७४ देखि २०७९ मा वडा अध्यक्ष विजयी भएर कार्यकाल पुरा गरेका निरञ्जन जंगमले नेपाली कांग्रेस प्रवेश गर्दै गर्दा धुलिखेल नगरपालिकोको बेतिथीका बारे सार्वजनिक मञ्चबाटै छताछुल्ला पारेका थिए । जंगम उपप्रमुखमा निर्वाचित भएर आएपछि सार्वजिक मञ्चबाट बोलेका ती कुरा कानुनी रुपमै बाहिर ल्याउँछन् भन्ने धेरैले आश गरेका थिए । ढिलै भएपनि अनियमितताबारे बोलेपछि जनतामा खुशी छाएको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार