मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

बनेपामा दशैं-तिहार लक्षित १६ दिने महोत्सव हुने

Thearaniko Times 1399+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारिक क्षेत्र बनेपामा दशैँ र तिहार पर्वलाई लक्षित गरि महोत्सवको आयोजना गरिने भएको छ । ‘ब्यापारिक, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव’ नाम दिइएको महोत्सव असोज १९ गतेदेखि कार्तिक ४ गतेसम्म १६ दिन चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिए। महाेत्सवको आयोजना बनेपा ब्वाईज क्लब (बिबिसी) बनेपाले आयोजना गरेको हो । बिबिसीले आयोजना गरेको महोत्सवको यो चौथौ संस्करण हो । 

महोत्सवमा १३० वटा स्टल रहने, जसमा ७५ वटा स्टल अहिले नै बुकिङ भैसकेको बनेपा बोइज क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो । कृषि जन्य स्टल एक व्यक्तिलाई महोत्सव अवधिभर कम्तीमा तीनदिन निःशुल्क दिइनेछ । काभ्रे जिल्लाका ब्यवसायीलाई स्टलमा १५ प्रतिशत छुट दिइने र हस्ताकलाको विशेष प्रवद्र्धन गरिने उहाँको भनाइ थियो।

उग्रेश्वर महादेव मन्दिर परिसरमा चल्ने महोत्सवमा बालबालिकाको लागि छुट्टै मनोरञ्जन बालउद्यानको ब्यवस्था हुने, महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट र बनेपा सम्बन्धि चित्रकला प्रतियोगिता सञ्चालन गरिनेछ ।

 पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अपांगता र बृद्धबृद्धाका लागि निःशुल्क प्रवेशको ब्यवस्था मिलाइनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको उद्घाटन गरिनेछ । 

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति हुनेछ । स्थानीय प्रतिभालाई पनि प्राथमिकता दिने आयोजनाकले बताएको छ । साना तथा घरेलु उद्योग र ब्यापारको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 

महोत्सवको मुख्य संयोजकमा पारसमणि कायस्थ, संघसंस्था समन्वय संयोजकमा सरोज तिमल्सिना, प्रशासन ब्यवस्थापन संयोजकमा राज तिमल्सिना, खेलकूद प्रतियोगिता संयोजकमा किशोर बरुण, भलिबल प्रतियोगिता संयोजकमा जितेन्द्र श्रेष्ठ, मार्सल आर्ट प्रतियोगिता संयोजकमा नरेशराज कायस्थ, फुटबल प्रतियोगिता संयोजकमा राजु लामा, गायन प्रतियोगिता संयोजकमा रबिनसन श्रेष्ठ र नृत्य प्रतियोगिता संयोजकमा प्रताप हुमागाई रहनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार