काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेन–जी आन्दोलनकारीहरूले मंगलबार नख्खु कारागारबाट मुक्त गराएका छन्।
ललितपुरस्थित नख्खु कारागारमा ठूलो संख्यामा पुगेका प्रदर्शनकारीहरूले दबाब दिएपछि लामिछानेलाई थुनामुक्त गरिएको हो। उनी पक्राउ परेपछि निरन्तर कारागारमा बन्दी रहेका थिए।
आन्दोलनकारीहरूले लामिछानेलाई मुक्त गराउने माग गर्दै बिहानैदेखि कारागार बाहिर नाराबाजी गरेका थिए। दबाबपछि सुरक्षाकर्मीले थप प्रतिरोध नगरी उनलाई बाहिर ल्याइएको स्रोतले जनाएको छ।
लामिछानेको मुक्तिसँगै जेन–जी आन्दोलनले नयाँ मोड लिने संकेत देखिएको छ। राजनीतिक वृत्तमा यस घटनालाई आन्दोलनकारीको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ।