मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

Thearaniko Times 1403+ समाचार ( )
१४ कार्तिक २०७९, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘घरघरमा बिजुली-जनजनमा सेयर’ नीति लागू गर्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घरपरिवारलाई मासिक रूपमा २ सय  युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो।

गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने र ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने उल्लेख गरेको छ। आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्न पहल गर्नेछ।

स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने उल्लेख गरेको छ। नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराइने छ ।

स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने छ घोषणापत्रमा भनिएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार