मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

अनैतिक धन्दा चलाउने होटलमा प्रहरीको छापा

Thearaniko Times 1399+ समाचार ( )
१० माघ २०७८, सोमबार

बनेपा/जिल्ला प्रहरी कार्यालय काभ्रेका विशेष टोलीले अनैतिक गतिविधि चलाउने बनेपा नगरपालिकामा रहेको विभिन्न होटलमा छापा मारेको छ । टोलीले होटलमा छापा मारी अनैतिक गतिविधि गराउने ३ जना सञ्चालकलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको अरनिको होटल एण्ड गेष्ट हाउसका संचालक ४९ बर्षिय गोकुल पराजुली, बनेपा नगरपालिका वडा नम्बर ७ स्थित चिया खाजा होटल पसल व्यबसाय गर्ने ४१ बर्षिय चन्चला महत र बनेपा नगरपालिका वडा नम्बर ८ मा क्याफे होटल सञ्चालन गर्ने ४२ बर्षीय मनमाया तामाङ रहेका छन् ।

उनीहरूले सामाजिक बिकृती विसंगती फैलाउने तथा समाजिक मर्यादामा खलल पार्ने खालका अनैतिक गतिबिधिहरु गराउँदै आएको प्रहरीको दाबी छ । 

बनेपा नगरबासीको गुनासो सम्बोधन गर्ने क्रममा विभिन्न स्थानमा सञ्चालन गरिएका होटलहरुमा चेक जाँच गर्दा तीनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वडा नम्बर १० पुलबजारमा अरनिको होटल एण्ड गेष्ट हाउस, वडा नम्बर ७ गोदामचोकमा नाम नराखिएको चिया नास्ता खाजा घर र वडा नम्बर ८ बसपार्क पछाडी नाम नराखिएको क्याफे तथा होटलका सञ्चालकलाई अनैतिक व्यबसायमा संलग्न भएको आरोपमा कानुन बमोजिम नियन्त्रणमा लिई कानूनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ । 

बनेपाको तरकारी बजार आसपासका केही गेष्ट हाउसहरुमा पनि यस्ता गतिविधि सञ्चालन हुने गरेको जनगुनासो आउने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार