मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


पुर्वमन्त्री बाँस्कोटाको नगर लगायत जिल्लामा गठबन्धनको विजयी

Thearaniko Times 1373+ समाचार ( )
६ जेठ २०७९, शुक्रबार

देउपुर । मण्डनडेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी नगरप्रमुख र नेपाली कांग्रेस उपप्रमुखमा विजयी भएका छन् ।

नगरप्रमुखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष टोकबहादुर वाइवा ९४०६ मतका साथ विजयी भएका छन् । वाइवाले नेकपा एमालेका बिदुर सापकोटालाई १०५५ मतान्तरमा पराजित गरे । 

नगर उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल ११३०५ मत ल्याएर विजयी भए । उपविजेता नेकपा एमालेका उम्मेदवार सरिता ढकालले ६९२४ मत प्राप्त गरिन ।

मण्डनदेउपुर नगरपालिका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाको नगर हो । उनको वडामा भने एमालेले प्यानलै जीतेको भए पनि नगरपालिकामा भने जित्न सकेन ।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३,६,९,१०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ ।

पनौतीमा भण्डारी विजयी

एमालेको बलियो प्रभाव मानिने काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामशरण भण्डारी विजयी भएका छन् ।

भण्डारीले एमालेका मेयर उम्मेदवार भीम न्यौपानेलाई २ हजार २६७ मत अन्तरले हराए ।

कुल खसेको मतमा भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंलाई पराजित गरिन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने हुमागाईंको पक्षमा १० हजार ३८८ मत प¥यो ।

नेपाली कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

चौरीदेउरालीमा रेणुका चौलागाई

काभ्रे/चौरी देउराली गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँपालिका अध्यक्षमा र नेपाली कांग्रेसको उम्मेदवार शेरबहादुर लामा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षमा चौलगाईले ६२२८ मत पाएर निर्वाचित भएकिछिन् भने प्रतिद्धन्दी एमालेका जितराम लामाले ५४६३ मत पाएकाछन् ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा लामाले ७२१९ मत पाएर निर्वाचित भए । लामाले एमालेकी बविता खरेललाई पराजित गरेका छन् । खरेलले ३५४९ मत पाएकी छिन् ।

तेमालमा गठबन्धनको जीत

काभ्रेको तेमाल गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष एवं माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ ।

तेमालमा गठबन्धनको तर्फवाट नेपाली काँग्रेसका चन्द्र लामा ७०७८ मतले विजयी भएका छन् । लामासंग नेकपा एमालेका इन्द्रबहादुर तामाङ पराजित भए । इन्द्रबहादुरले ५९०० मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दलमान (डिएम) थोकर ६६६० मतका साथ विजयी भए । दलमानसँग नेकपा एमालेकी सम्तेन लामाले ४९७२ मत ल्याएर पराजित भईन ।

तेमालमा यसअघि काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जितेको थियो । यो पटक गठबन्धन गर्दा उपाध्यक्ष माओवादीको भागमा परेको थियो ।

रोशीमा पनि गठबन्धन

काभ्रेको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा तथा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारमिमबहादुर वाइबा विजयी भएका छन् ।

अध्यक्षमा दिनेश लामाले ७५३४ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार देव सागर लामा लाई ११७६ मतान्तरमा पराजित गरे । देवसागर लामाले ६३५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइबाले ६६७२ मत ल्याएर विजयी भए । नेकपा एमालेका उम्मेदवार बबिता बोहोराले ५९४३मत ल्याइन ।

बेथानचोकमा अधिकारी

बेथानचोक गाउँपालिकामा गठबन्धनको जित भएको छ ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नेकपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् ।

माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४ हजार४सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३ हजार ५ सय ७३ मत पाएकी छिन् ।

२०७४ को चुनावमा कांग्रेसले ३२ सिटमा ३१ सिटमा विजयी हासिल गरेको पालिकामा गठबन्धनका कारण उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।

६ वडा रहेको बेथानमा १,२,३,४,६ नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ भने ५ नम्बर वडामा स्वतन्त्रले वडा अध्यक्ष जितेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार