प्रधानमन्त्रीले सुशासन आयोग बनाउने र त्यसको अध्यक्षता आफैले गर्ने गरी राज्यको ढुकुटीमा ज्यादै डरलाग्दा घुनहरु हुल्न खोजेको देखिन्छ । आयोग–आयोग भनेर आजसम्म कतिवटा आयोगहरु गठन भए ? संवैधानिक आयोग लगायत गणतान्त्रिक संविधानले निर्माण गरेका आयोगले कति प्रतिशत जनमूखी काम गरेका छन् ? त्यसको कुनै तथ्याङ्क राज्यसँग छ ? नाम मात्रको आयोगले देशको ठुलो धनराशी खर्चिएर जनतालाई विश्वासमा लिन सक्ने एउटा काम मात्र गरेको भएपनि सन्तोष मान्ने ठाउँ रहन्थ्यो । कुशासनमा चुर्लुम डुबाएर नयाँ नाटकको मन्थन गरेर सुशासन आयोग बनाई रहँदा त्यसबाट कति प्रतिशत कमाउन सकिन्छ भनेर आफ्नो मान्छे भर्ना गर्ने बाहेक केही उपलब्धी होला भन्ने जनतालाई पटक्कै विश्वास र भर छैन यो सरकारसँग । शिक्षकहरुको आन्दोलनमा उठाइएका कतिपय मागहरु जायज होलान् त कतिपय पुरा गर्न नमिल्ने र नसकिने खालका पनि छन्, त्यसलाई ग्रेडिङ गरेर अति आवश्यक मागलाई राज्यले सम्बोधन गर्नुसक्नुपथ्र्यो तर मागको नाममा काठमाण्डौलाई केन्द्रबिन्दु बनाएर शिक्षकहरुबाट गराइएका रत्यौलीबाट गाउँमा बस्ने विद्यार्थीको भविष्यप्रति खेलबाड गर्ने छुट शिक्षकलाई छैन । आफ्ना बालबालिका निजी विद्यालयमा भर्ना गर्न पठाउने तर आफैले पढाएको आफ्नै सरकारी विद्यालयको विश्वास नगर्ने शिक्षकहरु कसरी गुरु बन्न सक्छन् ? सेवा सुविधा मागेर राज्यलाई टाँट पल्टाउने गरी मेहनत नै नगरी राज्य कोषबाट नाजायज फाइदाहरुको लालसा राखेर गाउँका विद्यालय खाली गराएर एक वर्षको पढाई बिगार्ने अधिकार सामुदायिक विद्यालयका शिक्षकलाई छैन । एक महिनाको आन्दोलनमा विद्यार्थीहरुको समस्या पूर्वाधार विकास लगायत स्थानीय तहबाट विद्यालयमा हुनुपर्ने पढाइका गुणस्तरका बारेमा किन शिक्षक आन्दोलन मौन छ ?
भर्खरै शिक्षामन्त्रीलाई पदबाट राजिनामा दिन बाध्य बनाएर विद्या भट्टराईको ठाउँमा आफ्नै पात्र रघुजी पन्तलाई शिक्षामन्त्री बनाएर ओलीले आफ्नो अनुकुलतामा शिक्षामा राजनीति गर्न खोजेका हुन् भने त्यो आन्दोलनको रापबाट भष्म हुने बाहेक केही हुने छैन र रघुजी पन्त शिक्षामन्त्री बन्दैमा के को परिवर्तन होला त ? जादुको छडी छैन शिक्षामन्त्रीमा नियुक्त भएका रघुजी पन्त सँग भने कुलमानको समर्थनमा आफ्ना धारणा राखे वापत उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेर भर्खरै पर्यटन मन्त्री बनाइएका अरुण कुमार चौधरीबाट नेपाली जनताले कति आश राख्ने ? भारतीय मुलुका घराना खर्वपति चौधरी ल्याउँदैमा कुनै पनि हालतमा परिवर्तन सम्भव छैन बरु भारतलाई रिझाउन मन्त्री पद बोनसको रुपमा चौधरीलाई दिएको हुनसक्छ ।
कुलमान घिसिङ हटाएपछि नेपालमा कतिपटक बिजुली गएको छ त्यो गनी साध्य छैन । एमालेका र काँग्रेसका झोलेहरु चुँइक्क बोल्दैनन बरु भारतबाट बिजुली किन्दै छ बत्ति ल्याएपछि बल्छ र अहिले जलाधार सुकेको छ भनेर बकम्फुसे कुरा गरेर आफ्नो आत्मालाई ढाँटी रहेका छन् भने एमालेका फ्याउराहरु पनि त्यसैलाई समर्थन गरेर ताली बजाउन व्यस्त छन् । आज प्रत्येक घर, कार्यालय अन्धकार छ पलपलमा सरकारको हरेक गलत क्रियाकलापलाई मान्न समर्थन जनाउने झोलेहरु किन रमाएर बसेका हुन् ? अचम्म लागी रहेछ ।
भर्खरै सम्पन्न एस.इ.इ. परीक्षा सकेको एक महिना पुरा भइसकेको छ भने जेठको पहिलो सातामा परीक्षाफल प्रकाशित गरिसक्नुपर्नेमा आजसम्म शिक्षकको हातमा कपी पुगेको छैन र अब रिजल्ट पनि कहिले हुने टुंगो छैन के कपी पनि निजामती कर्मचारी वा शिक्षामन्त्री प्रधानमन्त्रीका आसेपासेले नै जाँच गर्ने व्यवस्था गर्ने त होइन ? प्रश्न उब्जन्छ, कक्षा १२ को परीक्षा सरियो तर बैशाख २१ गते तोकिएको भनेर प्रचार प्रसार गरेपनि परीक्षा हुने कुरामा दुविधा त छदै छ, त्यो पुरा होला भन्ने पनि शंका छ । अब सरकारी कलेजमा नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानमा कस्तो असर पर्दछ ? नैतिकता नभएका योग्यता व्यक्तिले सरकारको बागडोर सम्भालेका कारण नेपालमा यो कहालीलाग्दो अवस्था सिर्जना भएको छ भने गणतन्त्रमा जनताको विश्वास गुमाउने गरी काम गर्न भनी जिताएर साँसद बनाएको र मन्त्री बनाएको होइन जनताले । हिजोका हजारौं भष्ट्राचारका फाइलहरु लुकाउन बनेको यो कठपुतली सरकार अब धेरै टिक्न सक्ने अवस्था छैन । हिजो राणा शासनको चरम यातना, राजाको शासनबाट धेरै काला कर्तुतहरु भोग्नुप¥यो, पञ्चायती व्यवस्थाको नाममा जनताले धेरै कुर्वानी गरी सहिद बन्नुप¥यो । राजाको शासनमा नेपालबाट धेरै मुर्तीहरु हराएर राजाको शासनले जनतालाई भुंग्रोमा हालेको कारण जनआन्दोलनले गणतन्त्र ल्याएको हो । पञ्चायती कालमा झुठो मुद्दामा फसाइएका व्यक्तिहरु आज गणतन्त्रमा नाइके भइ देशको ठुलो धनराशीमा ब्रम्हलुट गरी सरकारमा गएपछि अति नै अत्याचारको सिमा नाघ्ने गरी सरकारमा गएपछि ९ महिनाको बिचमा झण्डै १ खर्ब ९२ अर्ब देशलाई ऋण बोकाई ओली सरकार भष्ट्रचारको चाङमा सुतेको यो सरकार जनता प्रति एक रति पनि उत्तरदायी बोध गर्दैन ।
आजभोली जताततै ताली होइन गाली खाएर भागी भागी कार्यक्रम स्थलबाट हिड्नु परेको छ, मोटरमा हिड्ने प्रधानमन्त्री हवाइमार्गको साहारा लिनुपरेको छ । कार्यक्रमहरुमा जताततै विरोध खेप्नु परेको छ त्यो अरुको कारणले होइन आफ्नै कारणले हो । अब जनताले असत्य कुरा मानि दिनु परेको होइन जनता धेरै बुझ्ने भइसकेको अवस्था छ र हिजो जसरी जनतामा गणतन्त्रमा विश्वास थियो त्यो आज चकनाचुर पार्ने काम एमाले काँग्रेसले गरेको होइन ? राजाको नाम जप गरी हिड्ने मण्डलेहरुलाई बर्बराउने दिन कसले सिर्जना ग¥यो ? आफ्ना अपराध लुकाउन अब भित्र भित्रै गठबन्धन गरी बनेका यो सरकार जनताको होइन यो त एमाले र काँग्रेसको सरकार हो त्यो काम लाग्ने एमाले काँग्रेसलाई मात्र हो । चेत हराएर बर्बराउनु भन्दा पनि सचेत बनेर देश सञ्चालन गर्नुपर्ने प्रधानमन्त्री ओलीले एमालेका मनमोहन अधिकारी, मदन भण्डारीको त्याग तपस्यालाई तिलाञ्जली दिँदा पनि किन बोल्दैन एमाले ? किन बोल्दैनन् झोेले कार्यकर्ता ? किन बोल्दैनन् राष्ट्रप्रेमीहरु ? हिजो तमाम शिक्षकलाई संघ र संगठनको सत्ययता दिलाएर आज त्यो सदस्यता पत्र बोकेर काठमाण्डौमा आन्दोलन गरेका शिक्षकहरुलाई माया गरेको भए त हुन्थ्यो नि ? तर सदस्यताले काम गरेन भने आन्दोलनले शिक्षकले लिएको पार्टी सदस्यता त्याग्ने कार्यक्रमहरु नै बनाएन । अब हिजोको वि.पी., गणेशमान लगायतको त्याग तपस्यालाई किन विद्रोह गर्न सक्तैन युवा काँग्रेस ? के देउवा र उनकी धर्मपत्नीका असँख्य अपराधलाई धोई पखाली गरिदिनुपर्ने असल कार्यकर्ताहरुले । हिजो राजाको पालामा पञ्चायती व्यवस्थाले के गरेको थियो ? काँग्रेसका नेता कार्यकर्तालाई ? एमालेलाई झुठा मुद्दा लगाइएको होइन ? कम्युनिष्टलाई खोजी खोजी कत्लेआम गरेका होइनन पञ्चायती भूतले ?
अब राज्यले बृहत लोकतान्त्रिक बामपन्थी विचारधारालाई बझेर समाजवादी गणतन्त्र स्थापनार्थ राष्ट्रिय सरकार बनाएर हिजो अधुरो भएको गणतन्त्रका यावत कुरालाई पुरा गर्ने अठोटका साथ लागि नपर्ने हो भने जनताको आन्दोलनबाट प्राप्त गणतन्त्रलाई विदेशी दलालको इसारामा ध्वस्त पार्ने काम नहोला भन्न सकिन्न । अब प्रत्येक सचेत नेपाली आमाका छोराछोरीहरुले नेपालको माया गर्ने अठोटका साथ गणतन्त्रलाई रक्षा गर्ने र जोगाउन भष्ट्रहरुलाई उठ्नै नसक्ने गरी ठेगान लगाउनुको विकल्प देखिदैन ।