मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा तीनदल बीच सैदान्तिक सहमति

Thearaniko Times 1403+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं/लामो समयदेखि सहमति जुट्न नसकेको संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा प्रमुख तीन राजनीतिक दलबीच सैद्धान्तिक सहमति जुटेको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रबीच टिआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको हो ।

गृह मन्त्रालयमा आज बसेको संयन्त्रको बैठकमा त्यस्तो सहमति जुटेको बताइएको छ। संयन्त्रमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक  महेश बर्तौला र माओवादीबाट उपमहासचिव जनार्दन शर्मा बैठकमा सहभागी भएका थिए।

बैठकपछि माओवादी उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको र सोमबार सरोकारवालहरूसँग छलफलपछि संयन्त्रको बैठक बसेर अन्तिम रूप दिइने बताए।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ। यस विषयमा सोमबार सरोकारवालासँग छलफल गर्ने र त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ,’ शर्माले भने।

एमाले मुख्य सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी आजको बैठकमा सैद्धान्तिक सहमति जुटेको जानकारी दिए।

‘हामी यो विषयलाई अन्तिम रूप दिँदै छौँ। फाइनल गर्नका लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौँ। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौँ,’ बर्तौलाले भने।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाको भनाइ छ। अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार