मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधाका नौजनालाई सम्मान गरे

Thearaniko Times 1373+ समाचार ( )
२८ पौष २०८०, शनिबार

बनेपा/प्रतिभा सम्मान प्रवन्ध गुठीले  विभिन्न विधामा योगदान गर्ने  नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ।  

प्रतिभा सम्मान प्रवन्ध गुठीले शनिवार  बनेपामा आयोजना कार्यक्रममा पत्रकारहरुमा भोला थापा, मोतीराम तिमल्सिना, दिपक सापकोटा, साहित्यकारहरु यादव खरेल, सुर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी, उद्यमी महिलाहरुमा कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु  सम्मानित हुनुभएको छ। गुठीका अध्यक्ष मोहन दुवाल को अध्यक्षता भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका हुन् ।

पुरस्कार छनौट समितिले एक महिना अघि २०७७, २०७८ र २०७९ सालका उत्कृष्ट ब्यक्तिहरु छनौट गरी सम्मान गर्ने निर्णय गरेको थियो । कोभिड संक्रमणका कारण सोही वर्षदेखि पुरस्कार वितरण गर्ने कार्य रोकिएको अध्यक्ष मोहन दुवालले बताए । हरेक वर्ष प्रतिभा छनौट गरी सम्मान गर्ने कार्यक्रम अर्न्तगत रोकिएका अघिल्ला दुई वर्षका प्रतिभा सहित तीन वर्षको सम्मान एकै पटक गरिएको बताइयो । सम्मानित हुनेहरुलाई नगद १५ हजार, दोसल्ला सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले काभ्रे जिल्ला प्रतिभा जन्माउने जिल्लाका रुपमा चिनिएको बताउँदै राष्ट्रलाई, समुदायलाई यस्ता प्रतिभाहरुको आवश्यक रहेको बताए । ‘प्रतिभा सम्मान प्रवन्ध गुठी जस्तै संस्था आवश्यक छन् । राज्यले यस्ता प्रतिभाहरुको सम्मान गर्दैन । यस्ता संस्थाले परिचालन र जागरुक गराउँछ’–कुलपति राईले भने–‘राज्यले प्रतिभाहरुलाई सम्मान गर्दैन । शासन मात्रै गर्छ । राज्यले प्रतिभा चिन्दैन । दलका नेताहरु मन्त्री, सांसद र नियुक्ति दिलाउन मात्रै सक्रिय छन् ।’ काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थापित उक्त संस्था मार्फत जिल्लामा पहिलो पटक उपस्थित हुन पाएकोमा खुशी ब्यक्त गर्दै कुलपति राईले सम्मानित प्रतिभाहरुलाई बधाई दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार