मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

अनेमसंघ समाजवादी काभ्रेले मनाए नारी दिवस

Thearaniko Times 1401+ समाचार ( )
२५ फाल्गुन २०७९, बिहीबार

बनेपा/नेकपा (एकीकृत समाजवादी )निकट अखिल नेपाल महिला संघ (समाजवादी ) काभ्रेले ११३ औ अन्तरार्ष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।   

कार्यक्रमका प्रमुख अतिथि  नेकपा एकिकृत समाजवादी कि केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकि केन्द्रीय सदस्य शान्ता कुमारी पाख्रिनले श्रमिक दिवसलाई दिवसमा मात्र सिमित नबनाई  बाहिरी निस्केर विद्रोह गर्न आब्हान गर्नुभएको छ ।

नेकपा एसका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईंले शुभकामना सन्देश दिदै  संविधानले व्यवस्था गरेको महिला अधिकारलाई नेकपा एसले  कहिले पनि बन्चित नगर्ने र पचास प्रतिशत पुर्याउन हरदम प्रयत्न गर्ने बताउनुभयो। उहाँले आगामी निर्वाचनमा काभ्रेबाट महिलाले नेतृत्व गर्ने गरि संगठन निर्माण गर्न निर्देशन दिनुभयो।

यस्तै  काभ्रे जिल्ला कमिटी सचिव गोकुल गौतमले श्रमिक नारी दिवसको महत्व र इतिहास बारे जानकारी दिदै श्रमिक नारी दिवसको सुरुवात किन र कसरी भन्नेबारे प्रशिक्षण दिनुभएको थियो।  कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले हरेक काम कुरामा महिला सहभागिता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै महिला समानता र सहभागितालाई युवा संघ नेपालले सधै स्वागत गर्ने बताउनुभयो। यसैगरी काभ्रे जिल्ला कमिटीका उपसचिव यशु लामाले  महिला अधिकारको संरक्षण गर्दै  राज्यबाट महिलाहरुले पाएको अधिकार सहि तरिकाले सदुपयोग गर्दै जानुपर्ने बताउनुभयो।     

अखिल नेपाल महिला संघ काभ्रेकि अध्यक्ष पासाङ डोल्माे तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। साथै अध्यक्ष तामाङले शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको औचित्यमाथि पुष्टि पार्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार