मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

रोशी गाउँपालिका - ३ मा तीनको मृत्यु, ६ जनाको उद्दार
रोशी गाउँपालिका - ३ मा तीनको मृत्यु, ६ जनाको उद्दार

Thearaniko Times 1373+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

रोशी/बाढी र पहिरोको विपदमा परी रोशी गाउँपालिका - ३, सिखर आम्बोटेमा ३  जनाले ज्यान गुमाएका छन् । धेरै जनधनको क्षति पुगेको छ भने पशु चौपाया पनि पुरिएका छन् । रोशी गाउँपालिका -३ का वडाध्यक्ष धनजित लामा अनुसार स्थानीयहरुको सक्रियतामा घाईतेहरुको उद्दार र बेपत्ताहरुको खोजी कार्य गरिरहेको छ । 

रोशी गाउँपालिका वडा नं -३ स्थित् भट्टी पाखामा १२ गते १:०० बजे राती अविरल वर्षातको  कारण २ घर पुरिंदा ८ परिवार सदस्य पुरिएकोमा ६ जनालाई सकुशल उद्दार गरिएको र २ जना बालबालिका ९ वर्षीय बालक रुपेश तुम्सिङ मगर र ४ वर्षीय बालिका दिपिका तुम्सिङ मगरलाई बचाउन नसकिएको ३ नं. वडा कार्यालयले जनाएको छ । यसैगरी सोही वडाको मजुवामा एक वृद्द महिला पुरिएकोमा स्थानीयले उद्दार गर्ने क्रममा बचाउन नसकिएको बताइयो। अस्थायी प्रहरी चौकी फलामेसाँघुका प्रहरीहरु समयमा संपर्कमा नआएको गुनासो वडाध्यक्ष लामाले गर्नुभयो। सुरक्षा निकायले बेवास्ता गर्दा उद्दार कार्य प्रभावित भएको बताए। सोही स्थानमा गाई-१, बाख्रा-३ र कुखुरा-३५ समेत पुरिएको बताइएको छ।

यस्तै रोशी गाउँपालिका- १ फलामेसाँघु बजार बगरमा परिणत भएको छ । यहाँका पीडितहरुलाई खान बस्न समस्या भएको बताइएको छ। स्थानीय पीडित रामशरण श्रेष्ठको अनुसार हेलिकप्टरबाट केही राहत आएको भएपनि वास्तविक पीडितकोमा पुगेको छैन। सडक सञ्जाल टुटेको कारण राहत सामग्री पुर्याउन गाह्रो भएको बताइयो।

प्रतिक्रिया

Shakti Magar १३ अशोज २०८१, आइतबार

दु: खद खबरले मरमित छ आज समय मा नै उदार भएन ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार