मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सहमति नगरी अघि बढाइएमा हामी एमसीसीको पक्षमा जाँदैनौं। बरु गठबन्धन छाड्छौ -माओवादी अध्यक्ष प्रचण्ड

Thearaniko Times 1401+ समाचार ( )
१ फाल्गुन २०७८, आइतबार

 शनिबार राति प्राइम टाइम टेलिभिजनसँगको संवादका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी फिर्ता पठाउनुपर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । 

‘एमसीसी नेपालमा धेरै विवादित भएको छ । हामी सहमति गरेर जानुपर्छ, उनले अगाडि भने, म त अन्तिम समयसम्म परिमार्जन र संशोधनकै कोसिसमा हुनेछु । ‘मैले फिर्ता पठाउँछु भनेको छैन, संशोधन गर्नुपर्छ भनेको हो । प्रचण्डले एमसीसीबारे अझै पनि राष्ट्रिय सहमतिको कोसिस भइरहेको बताएका छन् । अझै पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू छलफलमै रहेको पनि दाहालले बताएका छन् । ‘राष्ट्रिय सहमतिको कोसिस भइरहेको छ । तर एमसीसी रहेको भनिएको इन्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गत श्रीलंका र नेपाललाई नयाँ सदस्य भनेर राखियो, उनले भने, ‘यसलाई लिएर म सबैभन्दा अहिले चिन्तित छु । उपलब्धीहरु धरापमा परेकी भन्ने लाग्न थालेको छ।’

‘म अमेरिकासँग राम्रो सम्बन्ध होस् भन्न चाहन्छु । प्रधानमन्त्री तुरुन्तै गरौँ भन्ने पक्षमा हुनुहुन्थ्यो । अलिक लचिलो भाषासहित हामीले असोजमा चिठी लेखेका हौँ, उनले भने, ‘त्यही चिठीका कारण ममाथि अहिले चौतर्फी आक्रमण भइरहेको छ । हिजो पनि टाउकोको मूल्य तोकेकै हो, हिजो मैले सबै यो व्यहोरेकै छु । तर मैले एमसीसीबारे जर्वजस्ती गरेमा देशमा गम्भीर असर पर्छ भनेको हो ।

उनले एमसीसी पास नगरे नेपालले मूल्य चुकाउनुपर्ने भाषासहितको धम्की आएको पनि बताए। उनले अमेरिकाले सुपर पावरका रुपमा नेपालमाथि धम्कीको भाषा प्रयोग गरेको पनि बताए ।

‘हामीले सहमति बनाउनका लागि समय चाहिन्छ भनिरहेका छौँ। सकारात्मक रुपमा नै निष्कर्षमा लग्छौँ भनेका हौँ। तर अनुमोदन भएन भने मूल्य चुकाउनुपर्छ भनेर धम्कीको भाषा प्रयोग गर्ने काम भएको छ। यो त राम्रो होइन, उनले भने, ‘दलहरु र समाजमा पनि एकता चाहिएको छ । यसलाई केही संशोधन र परिमार्जन नगरी जबरजस्ती गरियो भने अफ्ठ्यारो अवस्थामा आउँछ ।

दाहालले सहमतिबिना एमसीसी अघि बढाइए गठबन्धन टुट्न सक्ने बताए । ‘सहमति नगरी एमसीसी अघि बढाइए गठबन्धन टुट्न सक्छ । हामीले नैतिक रुपमा सरकार छाड्ने अवस्था आउँछ, उनले भने, ‘यदि सहमति नगरी अघि बढाइएमा हामी एमसीसीको पक्षमा जाँदैनौं। बरु गठबन्धन छाड्छौँ, सरकारबाट बाहिरिन्छौँ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार