मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

निर्माण व्यवसायीहरुको प्रशासन कार्यालयमा धर्ना

Thearaniko Times 1399+ समाचार ( )
१४ श्रावण २०८०, आइतबार

धुलिखेल/सरकारले आफूहरूको माग सम्बोधन नगरको भन्दै काभ्रे सहित देशैभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्। सो क्रममा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय काभ्रेमा धर्ना दिएका छन्। 

निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष बिजय लामाको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय काभ्रेको मुख्य प्रवेशद्वारमा १ घण्टा धर्ना दिएको हो । देशैभरका निर्माण व्यवसायीको सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेश संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रुपमा म्याद थप गर्नुपर्ने, पुनः आदेश जारी गर्नुपर्ने र अत्यधिक, अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनु पर्ने माग सहित आन्दोलनमा छन् ।

आन्दोलित निर्माण व्यवसायीहरूले रुग्ण आयोजनाहरू अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंङ्क ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनु पर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गर्नु पर्ने, स्रोत कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बाकी बक्यौता रकम समयमा खातामा दाखिल गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्यको व्यवस्था खारेज गर्नुपर्ने र सार्वजनिक खरिद ऐन सहितका कानुन संशोधन गर्नु पर्ने माग राखेर आन्दोलन अगाडी बढाएका हुन्।

निर्माण व्यवसायी संघ काभ्रेका सचिव प्रदिप गौतमले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा राज्यले दण्ड जरिवाना लगाउने भए पनि राज्यले समयमै भुक्तानी नदिँदा आफूहरूले कुनै क्षतिपूर्ति नपाएको गुनासो गरे ।

माग पुरा नभएकाले प्रशासनमा धर्ना दिइएको र साउन १६ गते उपकरण तथा औजारका साथ सङ्घीय राजधानी काठमाडौंमा सशक्त आन्दोलन गर्ने योजना रहेको संघका जिल्ला अध्यक्ष बिजय लामाले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार