मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

संघीय संसद
विपक्षी असहयोगका बीच पनि संसद् सञ्चालन गर्ने सत्तारूढ दलको तयारी

Thearaniko Times 1403+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौं । सत्तारूढ दलका प्रमुख सचेतकहरूले प्रतिपक्षी दलहरूको असहयोगका बाबजुद संसद् सञ्चालन अघि बढाउने अडान दोहोर्याएका छन्।

आइतबार संसद् गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेद्वारा बोलाइएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विपक्षी दलहरूले सहकार्य नगरे पनि संसद् चल्ने बताएका हुन्।

‘आजबाट संसद् सञ्चालनमा आउँछ,’ घिमिरेले भने, ‘प्रतिपक्षबाट अहिलेसम्म कुनै निष्कर्ष वा निर्णय आएको छैन। यदि उनीहरूले सहयोग गरे राम्रो, नगरे पनि केही असहजता हुन सक्छ तर संसद् अघि बढ्छ।’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तै सूचना टाँसेर संसद् स्थगित गर्ने अभ्यास दोहोरिने पक्षमा आफूहरू नरहेको बताए। ‘पहिला प्रमुख प्रतिपक्षी दलको आग्रहमा बैठक स्थगित गर्ने निर्णय गरिन्थ्यो, तर आजको बैठकमा भने त्यो दोहोरिँदैन,’ बर्तौलाले स्पष्ट पारे।

उनले आजैदेखि आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुने जानकारी दिए।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलमा सहभागी दलहरूले आफ्ना अडान यथावत् राखेपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि तोकिएको समयमा सुरु हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखिमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दै आएको छ। उक्त अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार