मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

विद्यालय स्तरीय विद्यार्थी प्रतिभा पहिचान २०८० सम्पन्न

Thearaniko Times 1373+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

चौंरिदेउराली गाउँपालिका काभ्रेपलाञ्चोकले अन्तर विद्यालय स्तरीय विद्यार्थी प्रतिभा पहिचान २०८० सम्पन्न गरेको छ।

शैक्षिक क्यालेन्डर २०८० अनुसार शुक्रवार जागृति माध्यमिक विद्यालयमा संपन्न भएको प्रतिभा पहिचान कार्यक्रममा गायन नृत्य चित्रकला र स्वत्रन्त लेखन गरि ४ विधामा कार्यक्रम संचालन भएका थिए । पालिकाभरिका २७ वटा विद्यालयवाट नृत्यमा  १८,  गायनमा ११, चित्रकलामा २७ र स्वत्रन्त्र लेखनमा १३ वटा विद्यालय सहभागी भएका थिए । 

गाउँपालिका अध्यक्ष अध्यक्ष रेणुका चौंलागाईको प्रमुख आतिथ्यतामा संपन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नम्वर ७ का अध्यक्ष चन्द्रराज तामाङ, वडा नम्वर ९ का अध्यक्ष रामवहादुर लामा, विभिन्न विद्यालयका प्रधानाध्यपकहरु विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 प्रतियोगितामा नृत्य तर्फ- प्रथम सिर्जनशिल जनता माध्यमिक विद्यालय, द्वितीय -प्रभा माध्यमिक विद्यालय र तृतीय -सुर्योदय माध्यमिक  विद्यालयवाट सहभागी विद्यार्थीहरु भएका थिए ।  गायनमा प्रभा माध्यमिक विद्यालयको छात्रा रेजिना चौंलागाई प्रथम,  ग्राम विकास माध्यमिक विद्यालयको छात्रा रेश्मा लामाद्वि तीय र महादेव प्राथमिक विद्यालयको छात्रा युनिका कोईराला तृतीय भएकी थिईन । 

यसैगरी चित्रकला छात्रामा प्रथम प्रभा माध्यमिक विद्यालय-सिर्जना तोलामि द्वितीय भुमेस्थान माध्यमिक विद्यालय - खुसी तामाङ र  तृतीयमा खाँडादेवी माध्यमिक विद्यालय - दुर्गी थापा र महादेव प्राथमिक विद्यालयवाट सुजता मुगराँती भएका थिए ।  चित्रकलामा छात्र तर्फ  प्रभा माध्यमिक विद्यालय- सिर्जन गौतम प्रथम, सुर्योदय माध्यमिक विद्यालय - प्रदिप तामाङ द्वितीय र बालकल्याण प्राथमिक विद्यालय- आयुष परियार तृतीय भएका थिए । स्वत्रन्त्र लेखनमा सुनकोशी आधारभुत विद्यालय - दोर्जे तामाङ प्रथम, प्रभा माध्यमिक विद्यालय कुशल गौतम र सिर्जनशिल जनता माध्यमिक विद्यालय - शिलशिला लामा द्वितीय र देउराली माध्यमिक विद्यालयका सलिना घतानी तृतीय भएका थिए ।  उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथी र अतिथिवाट नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको  सभापतित्व वडा नम्वर ५ का अध्यक्ष श्री कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो । कार्यक्रम सफल वनाउन सहयोग पुर्याउनु हुने जागृति माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु निर्णायकहरु, सुरक्षाकर्मी, प्राविधिक व्यवस्थापनमा सहयोग गर्नुहुने शिक्षकहरु, अतिथिहरु उपस्थित विद्यार्थी र शिक्षक लगायत सम्पुर्णलाई चौरीदेउराली गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार