काठमाडौ/काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ वैरीपिपल निवासी दिनेशबहादुर परियारका ४० बर्षिय श्रीमती मधु दमाईको दुवै मृगौंला (किड्नी) फेल भएपछि परिवारले सहयोगको लागि अपिल गरिएको छ ।
दुवै मृगौला पीडित मधु दमार्ईको पारिवारिक आर्थिक अवस्था निकै कमजाेर भएकोले आर्थिक सहयोगको अपिल गरिएको हो।
२०७९ बैशाख २७ गतेदेखि नेशनल डायलसिस सेन्टर गोंगबुंमा निरन्तर डाईलोसिस गराउँदै आएको छ । नियमित डायलसिस तथा औषधि सेवन गर्नुपर्ने भएको र आम्दानीको कुनै स्रोत नहुँदा उपचारमा ठुलो समस्या देखिएको पीडितका पति दिनेश परियारले बताउनुभयो । घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकिएको र उपचार गर्ने रकम नभएपछि मधु दमाईले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेका छन् । चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको हाे ।
मृगौला उपचारमा आर्थिक समस्या आएपछि मृगौंला पिडित मधु दमाईले किड्नी उपचारका लागि देश विदेशमा रहेका संघ संस्था र सहयोगी मनका धनी दाजुभाई तथा दिदीबहिनीहरुसंग आर्थिक सहयोग गर्न अपिल गरेका छन् । मन्डनदेउपुर नगरपालिका– १० को वडा कार्यालयले पीडितको आर्थिक अवस्था कमजोर रहेकोले सक्दो सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरेका छन् ।
दुवै मृगौंलाको उपचारको लागि आर्थिक संकलन गर्ने अभियान चलाईदिन मधु दमाईका परिवारले आग्रह गरेको छ । पीडितका पति दिनेश परियारले उपचार गर्न नसक्ने भन्दै श्रीमतीलाई बचाई दिन आर्थिक सहयोग गर्न अपिल गरेका हुन् ।
मन्दिरमा धाएर दियो बाल्दैमा धर्म हँुदैन, पुज्ने मन दयालु र कर्मप्रति निष्ठा हुनुपर्छ । तपाईको सानो सहयोगले कसैको जीवनमा खुसियाली ल्याउन अवश्य सकिन्छ ।
उनलाई सहयोग गर्नेहरुका लागि श्रीमान दिनेश बहादुर दमाईको कुमारी बैक लि. खाता नम्बर १५९०१४१८९२२००००१ जम्मा गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८६०३९८९५७÷९८०३२०७७११ गर्न सकिनेछ ।