मुख्य समाचार
स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित |

आन्तरिक मामिला तथा कानूनमन्त्री श्रेष्ठले बन्दीलाई गरे स्टिमर मेसिन हस्तानतरण

Thearaniko Times 1400+ समाचार ( )
४ असार २०८०, सोमबार

सिन्धुली/आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार शाखा सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गर्नुभएको छ । मन्त्री श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गर्नुभएको हो ।

लामो समयसम्म आफैंले बन्दी जीवन बिताएको जिल्ला कारागार सिन्धुलीमा मन्त्री बनेपछि निरीक्षण गर्न जाँदा झन्डै १ हजार बन्दी बस्दै आएको यस कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको थियो। प्रतिबद्धता अनुसार रू. ४ लाख ६५ हजार (ढुवानी समेत) को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो। बागमती प्रदेश सरकार कारागारलाई साँच्चैको सुधारगृह बनाउन चाहन्छ, यो सानो सरुवात मात्रै हो- मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ।उहाँले भन्नुभयो“ दाउरामा बिहान बेलुका खाना बनाएर खानको लागि कैदीबन्दीले भोगको समस्या मैले आफैले देखे । बन्दीको चाप देखेर अस्वभाविक महशुस गरे । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमानै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको छ । राइस स्टीमर नेपालमा भएका थुप्रै कारागार मध्ये पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको छ । यो उपरकरण नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गरेको उपकरण हो । सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्न प्रयास गर्नेछु । ”

२४ ट्रे को २ थान र १२ ट्रे २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो । जसमा एक पटकमा २४ ट्रे मा ७५ किलो र १२ ट्रे मा ३५ किलो चामल पकाउन मिल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार