मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


प्रचण्डको अनुहार परेका कालीबहादुरले प्रचण्डलाई महाधिवेशनमा सुनाएको कथा बन्यो भाइरल, यस्तो छ कथा !

Thearaniko Times 1373+ समाचार ( )
१६ पौष २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्र यतिबेला आठौं महाधिवेशनमा होमिएको छ। गत शनिबारसम्म विचार तय गर्न राष्ट्रिय सम्मेलन गर्ने पक्षमा रहेको माओवादी रातारात नेतृत्वसमेत फेर्ने गरी महाधिवेशनमा होमियो।

राष्ट्रिय सम्मेलनमा घरबाट हिँडेका कार्यकर्ता काठमाडौं आइपुग्दा महाधिवेशन प्रतिनिधि भइसकेका थिए। जनयुद्धबाट शान्तिमा आएपछि माओवादी बोधो र भुत्ते हुँदै गएको कुरा अध्यक्ष पुष्पकमल दाहाल स्वयंले गर्दै आएका छन्।जनतासँग नेताको दूरी बढेको र कार्यकर्ता पनि सौखिन हुँदै गएको गुनासो उनले गरिरहेका थिए। त्यहीकारण उनले यो महाधिवेशनमा नयाँ विचार पेश गरेर पार्टीलाई धारिलो बनाउने बताए।तर जारी महाधिवेशनमा उनले पेश गरेको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनलाई लिएर कयौँ आलोचनात्मक टिप्पणी र फरक मत समेत अघि सरेका छन्। महाधिवेशनको बन्द सत्रका क्रममा प्रचण्डले भुत्ते भनेको माओवादीको तुलना एकजना नेता कालीबहादुर मल्लले ब्रोइलर कुखुरासँग गरेका छन्। मल्लले सुझाव दिने क्रममा सुरुमै अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनप्रति संकेत गर्दै त्यसलाई ब्रोइलरको संज्ञा दिएका हुन्।

मासु खानका लागि मात्रै पालिने ब्रोइलर वंश बढाउन योग्य मानिँदैन। यस्तो अवस्थामा मल्लले पनि प्रचण्डले आफूहरुलाई लोकल रक्सी र ब्रोइलर दिएको भन्दै कटाक्ष गरे।

हुलिया पनि प्रचण्ड जस्तै देखिने उनले महाधिवेशनको बन्दसत्रमा अध्यक्षमण्डलले दिएको समयको सदुपयोग गर्दै एकादेशको राजाको कथामार्फत नेतृत्वमाथि प्रहार गर्न भ्याए।

यस्तो छ कथाः एकादेशमा एउटा राजा थियो, उसले चढ्ने घोडा थियो। तर त्यो घोडा ढिलो र अल्छी थियो। राजाकै देशमा एकजना मान्छे पनि थियो। जो एकदमै चर्चित थियो। उसले भन्थ्यो, ’म जोसँग संगत गर्छु, सात दिनमा त्यसबारेमा, सबै थाहा पाउँछु।’

त्यसपछि अल्छे घोडाबाट दिक्क राजाले भनेछ–त्यसो भए यो घोडाबारे पत्ता लगाऊ भनेर उसैलाई जिम्मा दियो। त्यो मान्छेले ७ दिनसम्म घोडालाई आफूसँग राखेर राजालाई भेट्न गयो।

अनि राजाले उसलाई सोधेछ– के पत्ता लगायौ त यो घोडाबारेमा? उसले जवाफ दियो, यो घोडाको नस्ल (जात) नै होइन। त्यसपछि राजा घोडा किनेको ठाउँमा गयो, यो त घोडाको नश्ल नै होइन भन्ने आयो कुरा के हो?

अनि उसले जवाफ पाएछ–घोडा त घोडा हो तर यो गाईको दूध खाएर हुर्किएको हो हजुर, सानैमा उसको आमा बितेको भएर। त्यसपछि राजा दरबार फर्किएर त्यही मान्छेलाई सोध्यो– तिमीले के कारणले घोडाको नश्ल होइन भन्यौ?

त्यो मान्छेले जवाफ दियो, ’किनकि यसको घाँस खाने तरिका गाईको जस्तै छ।’ घोडाबारे जवाफ पाइसकेपछि राजाले अर्कोपटक आफ्नी रानी उसलाई जिम्मा लगायो। घोडाको जस्तै रानीबारे पनि पत्ता लगाउन समय दियो। ७ दिन महारानीसँग नजिक रहेर बसेको त्यो मान्छेले आएर राजालाई भन्यो, ’यिनी राज खानदानकी छोरी होइनन्।’

त्यसपछि राजा ससुरालीमा सोध्न गयो, ’त्यस्तो भव्य बिहे गर्यौँ त राज खानदानकी छोरी होइन भन्ने आयो, वास्तविकता के हो? सासु ससुराले जवाफ दिए– हतार हतार भयो, तपाईंले पनि उनैलाई मन पराएँ भन्नुभयो। उनी खास हाम्री छोरी होइनन्, अस्पतालबाट ल्याइएकी हुन्।

त्यसपछि राजा दरबार फर्किए। उनले फेरि त्यही मान्छेलाई सोधे, तिमीले यस्ता कुरा कसरी थाहा पायौ? त्यो मान्छेले जवाफ दियो, ’कर्मचारीलाई गालीगलौज र हप्कीदप्की गर्ने महारानीको तरिका सामान्य गाउँले महिलाको जस्तो छ।

त्यसपछि राजाले अब मसँग ७ दिन बस र मेरोबारे बताऊ भने। त्यो मान्छे राजासँग बसेर सात दिनपछि भन्यो, ’तपाईँ राजाको सन्तान होइन।’ त्यसपछि राजा बाआमालाई सोध्न गयो, म राजखानदानको होइन रे?

बाआमाले भने– हो, तिमी अस्पतालबाट ल्याइएका हौ, कसैको जुम्ल्याहा सन्तान जन्मिएको रहेछ, अनि हामीले तिमीलाई ल्यायौँ। राजा फेरि त्यो मान्छेकहाँ गएर सोध्यो– तिमीले यस्ता सबै कुरा कसरी थाहा पाउँछौँ? उसले जवाफ दियो– खास राजाले यस्ता रक्सी, ब्रोइलर कुखुराको मासु उपहार दिँदैन। महङ्गा हिरामोति जहवारत उपहार दिन्छ। तपाईंले मलाई लोकल रक्सी र ब्रोइलर कुखुराको मासु दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार