मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

कम्यनिष्टहरु श्रमजीवी जनताको पक्षमा उभिनुपर्छ–सापकोटा

Thearaniko Times 1373+ समाचार ( )
२५ भाद्र २०७९, शनिबार

धुलिखेल/नेकपा(एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीको आयोजनामा एकदिने आधारभुत प्रशिक्षण कार्यक्रम संपन्न भयो। नेकपा(एकिकृत समाजवादी) काभ्रेका अध्यक्ष तथा बागमति प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईले केपी ओली भ्रष्टाचारको चङ्गुलमा फसेकै कारण विद्रोह गर्न बाध्य भएका जानकारी दिनुभयो । ओलीको बोली एउटा र ब्यवहार अर्कै भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले संविधानमा उल्लेख गरेका कैयौँ कुरा स्थानीय तहले कार्यन्वयनमा ल्याउन नसकेको जानकारी दिनुभयो । उहाँले सहभागीलाई प्रशिक्षण दिनुहुँदै ‘स्थानीय तहले संविधानमा ब्यवस्था भएका कुराहरू कार्यन्वयन गर्नुपर्ने कुरामा जोडदिनुभयो । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिलाई सर्वसाधारणले बेला बेला घचघच्याई रहनुपर्छ र संविधानमा ब्यवस्था गरिएका कुराहरू ब्यवहारमा उतार्नु पर्छ –पोलिटब्युरो सदस्य सापकोटाले भन्नुभयो । 

केन्द्रीय सदस्य तथा बागमति प्रदेश कमिटीका उपाध्यक्ष विदुर सापकोटाले एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद भएको र त्यसैको जगमा नेपालको कम्युनिष्ट आन्दोलन विकसित भएको बताउनुभयो । यतिबेला कम्युनिष्ट आन्दोलनमा विचलन आएको र कम्युनिष्टहरु जहिले पनि श्रमजीवी जनताको पक्षमा उभिनुपर्ने कुरामा जोडदिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी सचिब लक्ष्मण लम्सालले एमाले श्रमजीवी वर्गसंग भन्दा पनि सुकिला मुकिलासंग नजिएकै कारण विद्रोह गर्न बाध्य भएको बताउनुभयो। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले केपी ओलीको ‘बाहिर भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने तर आफ्नै क्याबिनेटको मन्त्री भ्रष्टाचारको आरोप लाग्ने गरेको बताउनुभयो । अनि कोभिडको बेला स्वास्थ्य सामग्रीमा भएको अनियमिततालाई ढाकछोप कस्ले गर्यो । यही हो भ्रष्टाचारीको अनुहार हेर्दिन भनेको ? सांसद लम्सालले प्रश्न थियो ।

एकीकृत समाजवादी धुलिखल नगरका दयासागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि गोकुल गौतम र अनेमसंघ काभ्रेका अध्यक्ष पासाङ डोल्मु लामाले संगठनको अवस्था, विधान कार्यन्वयन विधिका साथै विश्वमा कम्युनिष्टहरुको अवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार