बनेपा/काभ्रे जिल्लाको बनेपामा जनयुद्ध दिवस भव्यरुपमा सम्पन्न भयो।
अखिल(क्रान्तिकारी) र YCL, नेपाल काभ्रे जिल्ला समितिको आयोजनामा २९ औं महान् जनयुद्ध दिवसको अवसरमा बनेपाको चारदोबाटोमा भव्य रुपमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। बनेपाको चारदोबाटो मैनबत्ती बालेर दिप प्रज्ज्वलन गरेका थियो। कार्यक्रममा सहभागीहरूले महान् जनयुद्ध जिन्दावाद, माओवादी केन्द्र - जिन्दावाद , वीर सहिदहरु- लालसलाम नारा लगाएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ(अनुशील)ले महान् जनयुद्ध नेपाली श्रमजीवी वर्गको मुक्तिको लागि सामन्तवादको विरुद्ध माओवादीको नेतृत्वमा सञ्चालित न्यायपूर्ण युद्ध भएको बताए। महान् जनयुद्धको जगमा नेपालको सामन्ती राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी वर्गीय, जातीय, लैङ्गिक, साँस्कृतिक एवं क्षेत्रीय उत्पीडन र विभेद हटाउन राज्यको हरेक क्षेत्रमा समावेशी र समानुपातिक प्रतिनिधित्व गर्न सफल भएको छ। उनले सदरमुकाम र शहर बजार केन्द्रीत रहेको विकासलाई ग्रामीण बस्तीसम्म पुर्याउन सफल भएको नेपाली जनतालाई राजनीतिक, सामाजिक जागरण र सशक्तीकरण गर्न जनयुद्धको महत्त्वपूर्ण भूमिका रहेको बताए।
उक्त कार्यक्रममा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) काभ्रे जिल्लाको अध्यक्ष सुन्तली थिङ(मनिता) र एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेको जिल्ला अध्यक्ष चेत बहादुर लामाले जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता YCL, नेपाल काभ्रेको अध्यक्ष लनम दोर्जे लामाले कार्यक्रमको सञ्चालन अखिल(क्रान्तिकारी) जिल्लाको अध्यक्ष विजय लामाले गर्नुभएको थियो। उक्त कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्यहरु उषा अर्याल, नारायण बाँनिया दिनेप, गोपाल घिमिरे, अनेमसंघ(क्रान्तिकारी) बागमती प्रदेश समितिको कोषाध्यक्ष सृजना थिङ लगायतका जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काभ्रेले पनि बनेपाको चारदोबाटोमा २९ औ जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरेको थियो। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता प्रताप सिले जनयुद्धको औचित्यबारे प्रकाश पार्नुभएको थियो।