मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

अब गफ गर्ने होइन काम गर्ने पार्टी चाहियो : कान्छाराम सी
अब गफ गर्ने होइन काम गर्ने पार्टी चाहियो : कान्छाराम सी

Thearaniko Times 1401+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

नमोबुद्ध। नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सीले नेपालमा गफ गर्ने पार्टी नभई काम गर्ने नेता र पार्टी चाहिएको बताएका छन् ।

शनिबार नमोबुद्ध नगरपालिका -३ चरुवाको वडा भेलामा बाेल्दै नेकपाका पोलिटब्युरो सदस्य कान्छाराम सीले गफ गर्ने नभई काम गर्ने नेता र पार्टी नेपालमा चाहिएको बताएका हुन् ।

उनले त्यस्तो पार्टी नेकपा र नेता विप्लव मात्र भएको दाबी गरे । नेता कान्छाराम सीले नेपालमा आफ्नै उत्पादन गरेर रुपैंया आफै बनाउने कममा लाग्नु पर्ने बताए । कान्छाराम सिले नेपालमा दलाल पुँजीवादी व्यवस्थाका कारण जनता र सहिद परिवारको सपना पूरा नभएको भन्दै समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गरे । उनले अबको क्रान्ति उत्पादन क्रान्ति भएको बताए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य दिपक सीले नेपालका कुनै पनि पार्टीका नेताहरुले गर्न नसकेको काम नेकपाले गरेको बताए । उहाँले आत्मनिर्भर विना केही पनि विकास नहुने भन्दै नेकपाको आत्मनिर्भरताको योजना राम्रो भएको बताए । उनले अरु पार्टीका नेताहरुलाई यसबाट सिक्न पनि सुझाव दिए ।

केन्द्रीय सल्लाहकार सिद्दी बहादुर सी, केन्द्रीय परिषद् सदस्य पुर्णमान, बनेपा नगर इन्चार्ज रामहरि सिको उपस्थितिमा भएको वडा भेलाले चन्द्रमान सी को नेतृत्वमा१३ सदस्यीय वडा समिति गठन भएको छ। जसमा अक्कल बहादुर तामाङ, प्रेम बहादुर तामाङ, खडकबहादुर दर्जी, हरि तामाङ, राजकुमार शाह, हिरालाल तामाङ, बिमला मिझार, ठुलीमाया तामाङ, करुणा तिवारी, हिरामाया तामाङ, मिलनकुमारी तामाङ, फुलमाया तामाङ रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार