मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

पच्चीस सयले गरे जन श्रमदान : मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
पच्चीस सयले गरे जन श्रमदान : मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण

Thearaniko Times 1403+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

पनौती/ गत असोज १०,११ र १२ परेको अविरल वर्षाका कारण गएको बाढीपहिराेले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि २ हजार २५ सय स्थानीयले श्रमदान गरिसकेका छन् । करिब ४० अघि देखि पुनःनिर्माण थालिएको उक्त आयोजनाको कुलो करिब ९५ प्रतिशत काम सकिएको जनाइएको छ ।

जनश्रमदानमा पनौती नगरपालिका वडा नं. ४, ७ र ८ का स्थानीय कृषक, महिला, कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षक, न्यायिक समिति तथा मेलमिलापकर्ता लगायतको सहभागिता रहेको पनौती नपा-४ का वडाध्यक्ष दिपक दाहालले जानकारी दिनुभयो । 

“श्रमदान अभियानमा स्वत:स्फूर्त उत्साहपूर्वक सहभागिता जनाइरहेको छ, अब पनौतीको फाँटमा सिँचाइ ल्याउन सकिने आत्मविश्वासमा सबै पुगेका छन्”, उनले भने, । अबको केही दिनमा भत्किएर र पुरिएर क्षतिग्रस्त कुलो पुनःनिर्माणको काम सकिने जनाइएको छ । अभियानका लागि खाजालगायत निर्माणका लागि आवश्यक औजार, सामग्री स्थानीयबाटै सहयोग प्राप्त भएको वडाध्यक्ष दाहालले बताए । उनका अनुसार सिँचाइ पुनःनिर्माणार्थ बागमती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेट कुलोको क्षतिग्रस्त संरचनाको निर्माणमा खर्चिएकोले कुलो सफाइका लागि जनश्रमदान अभियान सञ्चालन गरिएको हो । आयोजनाको २० प्रतिशत संरचना नयाँ निर्माण र ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकाल्नुपर्ने अवस्था थियो । बागमती प्रदेश सरकारबाट प्राप्त ५० लाख रकमबाट उपभोक्ता समिति गठन गरि धमाधम काम भइरहेको पनौती–४ का वडाध्यक्ष दाहालले बताए । शालिकराम बञ्जाराको अध्यक्षता गठित मल्पी लिलावती सिंचाई उपभोक्ता समितिले क्षति पुगेको भत्किएको ठाउँमा पुनः निर्माणको काम गरिरहेको छ।

एघार किलोमिटर लामो कुलोमा करिब ७०० मिटर मात्र पुरिएको सफा गर्न बाँकि रहेको र अब बाँकि पनि छिट्टै सकाउने योजना रहेको बताइयो। सरसफाइका लागि जनश्रमदानबाटै सकिने अवधारणा बनाई श्रम अभियान थालिएको उहाँको भनाइ थियो । उनले भने,“बजेटको मात्रै भर पर्दा किसानमा पानी अभावले समस्या थपिने हुँदा जनश्रमदानलाई अघि बढाइएको र जनश्रमदानमा सक्रिय सहभागिताले उत्साह थपिँदै गयो, अभियानमा महिलाको पनि उत्तिकै सहभागिता जनाइएको छ, यो अभियान सन्देशमूलक पनि छ ।” उनका अनुसार सहकारीमा आबद्ध महिलाले पनि कुलो पुनःनिर्माणको सम्पूर्ण काम नसकिएसम्म विश्राम नलिने प्रतिबद्धता जनाएका छन् ।

 पनौती–८ का वडा सदस्य विश्वनाथ श्रेष्ठले बताए । उनका अनुसार विपद्पछि भोकमरीको अर्को विपद् आउन नदिन समयमै कृषकको खेतबारीमा सिँचाइ पुया¥उने अभियानमा लागिएको हो । बाढीपहिरोले सिँचाइ आयोजनाको अधिकांश भागमा क्षति पुगेको थियो । सो आयोजनाको पुनःनिर्माण सकिएपछि पनौतीको करिब ६ हजार रोपनी जमिनमा पुनः सिँचाइ सुविधा पुग्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार