मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

प्राप्त उपलब्धि रक्षाका लागि माओवादी घटकहरू एक हुन आवश्यक : उपाध्यक्ष महरा

Thearaniko Times 1373+ समाचार ( )
२१ फाल्गुन २०७९, आइतबार
बनेपा/नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै माओवादी घटकहरू एक हुनुपर्ने बताएका छन्।सहिद सप्ताहको अन्तिम दिन आज  माओवादी केन्द्र बनेपा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले परिवर्नत नचाहने शक्तिहरूले फेरि पश्चगमनतिर धकेल्ने खेल खेलिरहेको बताउँदै उनले यस्तो बताएका हुन्। ‘१०वर्षे जनयुद्ध र ०६२/६३ को दोस्रो जनआन्दोलनको बलबाट निर्माण भएको संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने जिम्मा माओवादी केन्द्रको काँधमा छ,’ महराले भने।
हालसम्म प्राप्त उपलब्धि रक्षाका लागि सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै उनले अगाडि भने- अब छिट्टै माओवादीका ९ घटकहरूबीच मोर्चा गठन हुनेछ। प्रतिकृयावादीहरु हामीलाई सिध्याउँदै पुरानै ब्यवस्था फर्काउने दिवा सपनामा रहेको पनि  बताउनुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङले सहिदहरूको त्याग, समर्पण र बलिदानीको वास्तविक सम्मानका लागि उनीहरूको परिवारको सम्मान गर्नुपर्ने बताए। घाइते, अपांगता र बेपत्ता परिवारको भावनालाई आत्मसाथ गर्दै पार्टी अगाडि बढ्ने उनको भनाइ छ।
कार्यक्रममा माओवादी केन्द्र बनेपा नगर कमिटीले सहिद, घाइते र बेपत्ता योद्धाहरूको परिवारलाई सम्मान गरेको थियो। माओवादी केन्द्रले फागुन १४ देखि २१ गतेलाई सहिद सप्ताहको रूपमा मनाउँदै विविध कार्यक्रम गर्दै आएको छ।
यसैबीच उपाध्यक्ष महराले जनआन्दोलनमा घाईते  मुकेश कायस्थको स्वास्थ्य लाभको कामना गर्दै उहाँ कै घरमा पुगि उहाँप्रति सम्मान ब्यक्त गर्दै आफुले सकेको सहयोग गर्ने बचन दिनुभयो
  
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार