मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

आवेग र प्रतिशोधका आधारमा पार्टीले कुनै कदम नचाल्ने एमाले संसदीय दलको निर्णय

Thearaniko Times 1373+ समाचार ( )
२ फाल्गुन २०७८, सोमबार

प्रधान न्यायधिश विरुद्ध गठबन्धन दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि आज बसेको नेकपा एमाले संसदीय दलको बैठक आवेग र प्रतिशोधमा कुनै कदम नचाल्ने  निर्णय गर्दै सकिएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको निष्कर्ष निकाल्दै एमालेले आवेगमा आएर प्रतिशोध नसाध्ने निर्णय गरेको बताइयो ।  

एमाले अध्यक्ष ओलीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । 

अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै नेतृत्वले यसबारे सोच विचार गरेर मात्र निर्णय लिने र जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्ने बताए । ‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवारपूर्ण कदम चाल्नुपर्छ। आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन, बैठकमा ओलीले भनेका थिए। 

बैठकमा बोल्ने अधिकांशले चुनावको मुखमा आएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोक्न नहुने भनाई राखेका थिए । जवाफमा ओलीले आफू पनि राणालाई साथ दिने पक्षमा नरहेको जिकिर गरेका थिए ।

बैठकमा सहभागी सबै सांसदको हस्ताक्षर भने पार्टीले संकलन गरेर गरेको छ।

सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विरूद्धमा दर्ता भएको महाभियोगको बारेमा पार्टीले आवश्यकताका आधारमा निर्णय लिन हस्ताक्षर संकलन गरेको बताए। बैठकबारे जानकारी गराउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यसको म्याण्डेट उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए । एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर आएका समाचारहरू पूर्वअनुमान मात्रै भएको भट्टराईले बताए।

यसैबीच कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो । तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । सांसदहरू रावल, भूसालसहित दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन् ।

उपस्थितिमा हस्ताक्षर गरेको तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए । भीम रावलले बैठकमा उपस्थितिको माइन्युटमा हस्ताक्षर गर्दै छेउमा ‘बैठक प्रयोजनका लागि’ भनेर लेखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार