दिनेश राज खरेल
बनेपा/नेकपा(एकिकृत समाजवादी) काभ्रेपलाञ्चोकले दुइवटा प्रतिनिधिसभा रहेको क्षेत्र नं. एक र दुइको साथै प्रदेश सभा क र ख को उमेदवार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा १ का छनौट समितिका संयोजक लाप्साङ लामा र २ छनौट समितिका सचिव प्राणनाथ न्यौपानेको अध्यक्षता र जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यमा बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उमेदवार सिफारिस गरिएको हो।
बैठकमा सिफारिस समितिको गहण छलफल पश्चात् क्षेत्र नं १ तर्फ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेकपा (एकिकृत समाजवादी)का नेता लाप्साङ लामा, समिप त्रिपाठी, रेसमलाल श्रेष्ठ, जमुना सापकोटा र समानुपातिकमा मंगललाल श्रेष्ठ, लोकबहादुर गौतम, निमा लामा, ज्ञानेन्द्र लामा दोर्जी लामा र पाल्साङ लामा सिफारिस भएका छन् ।
यसैगरी क्षेत्र नं १ को प्रदेश क मा प्रत्यक्षतर्फ मुकुन्द गौतम सर्वसम्मतले सिफारिस हुनुभएको छ भने समानुपातिकमा प्रदिपकुमार लामा, पासाङ डोल्मा लामा, धु्वकुमार रायमाझी, यसु लामा र प्रतापसिंह लामा रहेका छन । यस्तै ख मा प्रत्यक्षतर्फ पुस्कर तिमल्सिना, बिश्वेस्वर बन्जारा, कृष्ण सापकोटा र संचिता लामा समानुपातिकतर्फ सरोज कुइकेल, कृष्णबाहादुर तामाङ, रामदेवी तामाङ रहेका छन् ।
यस्तै क्षेत्र नं २ मा नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य विदुर सापकोटालाई सर्वसम्मतले सिफारिस गरेको छ । समानुपातिकतर्फ तुयुकाजी ताम्राकार र तेजबहादुर खड्का, लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, विना परियार, पदमबहादुर परियार सहितका आकांक्षीहरुको नाम सिफारिस गरिएको छ। सिफारिस समितिले क्षेत्र नं २ को प्रदेश क बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं र समानुपातिकतर्फ राजकृष्ण गिरी, दिलबहादुर तामाङ, मन्जु श्रष्ेठ , प्रेम तामाङलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश ख बाट प्रत्यक्षतर्फ लक्ष्मण लम्साललाई सर्वसम्मतले सिफारिस गरेको छ, र समानुपातिकतर्फ कल्पना श्रेष्ठ, वीरबहादुर तामाङ, हरिगोपाल प्रधानाङ्गलाई उमेरदवाार सिफारिस गरेको छ ।