मुख्य समाचार
स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित |

दशैंको बिदासंगै बनेपा महोत्सवमा चहलपहल बढ्यो

Thearaniko Times 1400+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

बनेपा /असोज १९ गतेदेखि शुरु भएको बनेपा महोत्सवमा आज राजन राज सिवाकोटी र सहिमा श्रेष्ठले आफ्नो प्रस्तुती मार्फत महोत्सव तताएको छ भने भोलि कलाकार पशुपति शर्मा आउने कार्यक्रम रहेको बताइएको छ ।

महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारले प्रस्तुती दिइरहेका छन् । महोत्सव अबलोकन गर्न आउने दर्शकले विभिन्न गायक तथा कलाकारको प्रस्तुतीबाट मनोरञ्जन लिइरहेका छन् । पहिलो दिन गायिका प्रिति आले, महेश मुखिया, धनपति दाहाल, यमकुमार मल्ल र मन्दिरा केसी लगायत स्थानीय प्रतिभावान कलाकारले आफ्नो प्रस्तुती दिए । दोस्रो दिन गायक कर्णराज गिरी, रामहरी न्यौपाने, सरु गौतम, रमेश श्रेष्ठ (मेलोडी) लगायतको प्रस्तुतीमा दर्शकले मनोरञ्जन लिए ।

हालसम्म महोत्सवमा चर्चित लोकदोहोरी गायिका प्रतिमा अर्याल, गायक दुर्गेश थापा, रमेश प्रसाई र कल्पना दाहाल, एलिना चौहान, रचना रिमालले आफ्नो प्रस्तुतीमार्फत दर्शकलाई मनोरञ्जन दिएका छन् । साथै कलाकारहरु बेनिसा पौडेल, सुरेन्द्र श्रेष्ठ, उत्कर्ष दाहाल, मानस राज, विशाल थिङ, श्रवण रिमाल, योजना खड्गी, कुसुम गुरुङ, एञ्जिला रेग्मी, विक्रम सुवाल, रिता केसी, मदन विष्ट, मुना रोक्का, सुर्यमणि आचार्य, अस्मिता खनाल, ज्योति मगर लगायतले प्रस्तूती दिइ सकेका छन् ।

महोत्सव आयोजक संस्था बनेपा व्वाइज क्लवका अध्यक्ष महेशकुमार कर्माचार्यका अनुसार, प्रत्येक दिन चर्चित कलाकारले प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गरेका छन् ।

यसैगरी आज धिमेबाजाको प्रतियोगिता संपन्न भएको आयोजकले जानकारी दिएको छ ।

महोत्सव कार्तिक ४ गतेसम्म चल्नेछ । दशैंको विदा शुरु भएको कारण महोत्सवमा चहलपहल समेत बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार