मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

नेटवर्क विस्तारमा बिवाइडि, बनेपामा सञ्चालनमा आयो नयाँ शोरुम
नेटवर्क विस्तारमा बिवाइडि, बनेपामा सञ्चालनमा आयो नयाँ शोरुम

Thearaniko Times 1399+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

बनेपा– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बनेपामा नयाँ शोरुम बिस्तार गरेको छ । रिकन्डिसन गाडीको कारोबार गर्दै आएको लक्ष्मण बञ्जाराको कामना अटोमोबाइल प्रा.लि.संगको सहकार्यमा सो नयाँ शोरुम सञ्चालनमा आएको हो ।

बिवाइडिको नयाँ सो रुमको उद्घाटन गर्नुहुँदै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले ग्राहकहरू माझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै बनेपामा नयाँ सोरुम सञ्चालनमा ल्याइएको खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै नगरप्रमुख शाक्यले नेपालमा बिद्युतीय गाडीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधनमा आकर्षण बढेको र बिवाइडी लोकप्रिय ब्राण्ड बन्न सफल भएको बताए । ‘हामी ग्राहकको सेवामा सधैं समर्पित छौं,’ उनले भने ।

साइमेक्सले हालसम्म १५ वटा डिलर नेटवर्क विस्तार गर्न सफल भएको छ । यसले गाडीको बिक्रीमा राम्रो नेटवर्किङ विस्तार गर्नेमा आफूहरु विश्‍वस्त रहेको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताउनुभयो।

इभीका ग्राहकहरुको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसनसहित तालिम प्राप्त कर्मचारीहरु रहने उनले जानकारी दिए। कार्यक्रममा लक्ष्मण बञ्जाराले स्वागत गर्नुभएको थियो।

नेपालमा बिवाइडीको अट्टो ३, डल्फिन, ई–६बिक्रीका लागि उपलब्ध छन् । पुराना जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेन्ज गरी नयाँ बिवाइडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार