मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सुविधा संपन्न एकेडेमी निर्माणले प्रहरीको मनोबल बढ्नेछ : गृहमन्त्री लामिछाने

Thearaniko Times 1401+ समाचार ( )
२० जेठ २०८१, आइतबार

पनौती/उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान ( पुलिस एकेडेमी) को निरिक्षण गर्नुभएको छ।

निरिक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले सुविधा संपन्न एकेडेमी निर्माणले प्रहरी उच्च मनोबल बढ्नुका साथै काम कारवाहीमा निक्कै प्रभाव पार्ने बताउनुभयो। गृहमन्त्री लामिछानेले सिमित श्रोत साधनका बीच पनि नेपाल प्रहरीले गरेको कार्य आफैमा प्रशंसा योग्य रहेको बताउँदै प्रहरी फोर्सलाई राम्रो तालिम दिन श्रोतसाधनले सम्पन्न तालिम केन्द्र हुनुले पक्कै पनि प्रहरीको प्रस्तुतिमा प्रभाव पार्ने बिचार व्यक्त गर्नुभयो।

यस एकेडेमी निर्माणले सम्पूर्ण प्रहरी सेवालाई नै सकारात्मक प्रभाव पार्ने र त्यसको लाभ सिंगो देशले लिने उहाँको भनाई थियो। 

उनले निरिक्षणको क्रममा संचारकर्मीसंग कुरा गर्दै यो निर्माण सक्नका लागी केही समस्याहरु रहेको र ती समस्याहरु हल गरेर तोकिएकै समयमा सक्नका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गर्न कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

भारत सरकारले छिटो भन्दा छिटो काम सम्पन्न गरेर बुझाउन चाहन्छ। त्यसमा हाम्रो तर्फबाट देखिएका केही अप्ठ्याराहरु भएकाले त्यसको विषयमा छलफल भएको छ, हाम्रोतर्फ बाट देखिएका अप्ठ्याराहरु हल गरेर यसलाई चाँडै संपन्न गरेर समयमै ह्याण्डओभर गर्ने गरी तयारी गर्ने उहाँको भनाई थियो ।

जिल्लाको पनौती नगर नगरपालिका वडा न ६ मा ७ सय ३५ रोपनी जग्गामा भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको हो  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार