मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

जेनजी आन्दोलन/राजनीति
ट्रमा सेन्टरबाहिर आफन्तको भीड, मृतक र घाइतेको सूची सार्वजनिक

Thearaniko Times 1373+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । राजधानीमा भएको जेनजी युवाहरूको आन्दोलनले रक्तपातपूर्ण मोड लिँदै गएपछि सोमबार साँझसम्म ट्रमा सेन्टरमा मृतक र घाइतेको भीड बढ्दै गएको छ । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको बल प्रयोगपछि घाइतेहरूको संख्या २५० नाघेको छ भने ५५ जना अझै ट्रमा सेन्टरमा उपचाररत रहेका छन् ।

अस्पताल प्रशासनले मृतक र घाइतेहरूको नामावली सार्वजनिक गरेपछि गेटमा आफन्तको भीड लागेको छ । भीड नियन्त्रणमा चुनौती थपिँदै गर्दा मृतकका परिवार शोकाकुल देखिएका छन् भने घाइतेका आफन्त उपचारका लागि अस्पताल प्रशासनसँग गुहार मागिरहेका छन् ।

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङलगायत सात जनाको पहिचान खुलेको छ । बाँकी चार जनाको नाम नखुले पनि उनीहरू अन्दाजी २७ देखि ३० वर्ष उमेर समूहका रहेको अस्पतालले जनाएको छ ।

ट्रमा सेन्टरमा मृत्यु भएकाहरूको नामावली :
श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)
सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)
बुद्धि तामाङ– कीर्तिपुर (४२)
नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष
नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष
नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष
नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

ट्रमा सेन्टरमा उपचारत घाइतेहरूको नामावली :

१. निकेश रिजाल– बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी– जुम्ला (२६ वर्ष)
३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)
४. सुर्य राई– सिन्धुपाल्चोक
५. सौरभ कठायत– धनगढी (१९ वर्ष)
६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)
७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)
८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)
९. सौरभ गौतम– भोजपुर (२० वर्ष)
१०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)
११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)
१२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट
१३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा
१४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)
१५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)
१६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)
१७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)
१८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)
१९. मदन कार्की– सिन्धुली (२२ वर्ष)
२०. पहिचान नखुलेको
२१. अस्बिन राई– खोटाङ (२२ वर्ष)
२२. अनिल तामाङ– दोलखा (१९ वर्ष)
२३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)
२४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)
२५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)
२६. नाम नखुलेका
२७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)
२८. निक मगर– कीर्तिपुर (३३ वर्ष)
२९. पवन शाही– कालिकोट (२६ वर्ष)
३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)
३१. भावना पौडेल– विवरण नखुलेको
३२. समिर लामा– हेटौंडा (२२ वर्ष)
३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)
३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)
३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)
३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)
३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)
३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)
३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)
४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)
४१. आयमान मगर– धरान (२३ वर्ष)
४२. सागर भटराई –झापा (२१ वर्ष)
४३. परिचय नखुलका व्यक्ति
४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)
४५. सोम शर्मा– बागलुङ (३० वर्ष)
४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)
४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)
४८. समु धकाल– काठमाडौं (३७ वर्ष)
४९. लुसन सुब्बा– झापा (२१ वर्ष)
५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)
५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)
५२. केशव अधिकारी– (३२ वर्ष)
५३. सन्तकुमार महतो–
५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)
५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)

त्यस्तै, उपचारत घाइतेहरूमा बर्दियाका निकेश रिजाल, जुम्लाका हरि अधिकारी, महाराजगञ्जका पवन खड्का, सिन्धुपाल्चोकका सूर्य राई, धनगढीका सौरभ कठायत, नवलपरासीका सन्देश प्रधान, इटहरीका आशुतोष बस्नेत, गोरखाका रोशन रेग्मी, भक्तपुरका रुपेश कार्की, प्रहरी हवल्दारहरूसहित विभिन्न जिल्लाका युवा–विद्यार्थीसमेत रहेका छन् ।

काठमाडौंदेखि टाढा सुदूरपश्चिमका कञ्चनपुर, अछाम, डडेलधुरा, कैलाली, बझाङ, कर्णालीका कालिकोट र जुम्लासम्मका घाइतेहरू ट्रमा सेन्टरमा उपचाररत छन् । उनीहरूमध्ये कैयौं गम्भीर अवस्थामा रहेका चिकित्सकहरूले जनाएका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्ध प्रदर्शनका क्रममा उत्पन्न तनाव बढ्दै जाँदा काठमाडौं उपत्यकामा वातावरण त्रासमय बनेको छ । अस्पताल गेटमा टाँसिएका नामावलीमा आफ्ना नाम खोज्दै र समाचारका टुक्रा सुन्दै परिवारका सदस्यहरू आत्तिएका देखिन्थे ।

सरकार र सुरक्षाकर्मीको भूमिकाप्रति प्रश्न उठाइरहेका प्रदर्शनकारीले ‘अत्यधिक बल प्रयोगले स्थिति नियन्त्रणभन्दा बाहिर गएको’ आरोप लगाएका छन् । अर्कोतर्फ, प्रहरी प्रशासनले भने आन्दोलनकारीले हिंसात्मक बाटो अपनाएकाले बल प्रयोग गर्नु परेको दाबी गरेको छ ।

जेनजी आन्दोलनले राजधानीलाई अशान्त बनाइरहेका बेला मृतक र घाइतेहरूको संख्या बढ्दै जानु देशभर नै चासोको विषय बनेको छ । आगामी दिनमा आन्दोलन कता मोडिन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार